ललितपुर—नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहितका नेताहरूले जेनजी प्रदर्शनका क्रममा जलाइएको नेपाली कांग्रेस केन्द्रीय कार्यालय, सानेपा अवलोकन गरेका छन्।
उपाध्यक्षद्वय गुरु बराल, अष्टलक्ष्मी शाक्य, महासचिव शङ्कर पोखरेल, विदेश विभाग प्रमुख राजन भट्टराई, नेता अमृतकुमार बोहराललगायत टोलीलाई कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ र कार्यालय सचिव प्रदीप पराजुलीले क्षतिको विवरण दिएका थिए।
श्रेष्ठका अनुसार एउटै समूहले योजनाबद्ध रूपमा तीन पटकसम्म सामग्री लुटपाट गरेर चौथो पटक आगजनी गरेको हो।




















