काठमाण्डौं—नेपालको संविधान श्रमिकहरुको संघर्षको उपलब्धी भएकाले संविधानको रक्षा श्रमिकहरुको मुख्य एजेण्डा भएको जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले बताएका छन। 

शुक्रबार पुतलीसडकस्थित मनमोहन मजदुर भवनको खुल्ला प्रांगणमा आयोजित संविधान दिवस तथा राष्ट्रिय दिवसका समारोहमा जिफन्ट तथा आवद्ध घटकका सयौँ श्रमिक नेता कार्यकर्ताहरु सभागी सभा मार्फत शुभकामना दिदै अध्यक्ष श्रेष्ठले भने सात दशक लामो नेपाली श्रमजीवी जनताको रगत र पसिनाले निर्माण गरिएको संविधान विरुद्ध प्रतिगामीहरुलाई खबरदारी गरे। 

Untitled-4 (1) 14अध्यक्ष श्रेष्ठले भने संघिय लोकतान्त्रिक गणतन्त्र र संविधानको विरोध श्रमिक जनताले कुनै हालतमा सहन नसक्ने बताए । लोकतान्त्रिक गणथतन्त्रको विकल्प अर्को कुनै व्यवस्था हुननसक्ने भन्दै गणतन्त्र र त्यसको मुल आत्माका रुपमा रहेको संविधान रक्षाका लागि जिफन्ट प्रतिवद्ध रहेको बताए । 

उनले भने नेपाली श्रमजीवी वर्गको पसिनाले ठडिएको जिफन्ट भवनलाई भदौ २४ गते जेन जी आन्दोलनको नाममा अराजक समुहले तोडफोड तथा समान लुटेकोपूति इगिंत गर्नुहुँदै भौतिक संरचना माथिको क्षतिले विचारलाई गलाउन नसक्ने बताए । उनले भने हामी विचार सहितको आन्दोलनले उठेको देशकै श्रम आन्दोलनमो मुल शक्ति हौ हामी फेरी उठ्नेछौं, हाम्रो भवनमा पुर्याएको क्षति हाम्रै पसिनाले पुर्ति गर्नेछौं । 

कार्यक्रमको सुरवतमा जिफन्टका संरक्षक तथा पूर्व अध्यष विष्णु रिमालले पानसमा दिप प्रज्वलन गरेका थिए । नेकपा (एमाले) का उपमहासचिव समेत रहेका रिमाल जिफन्टले आयोजना गरेको कार्यक्रममा सहभागी भएका थिए ।

Untitled-3 (3) 13