काठमाण्डौं—चितवनको मुग्लिङ नारायणगढ सडक अन्तर्गत तुइन खोला पुल नजिक खसेको पहिरोलाई पन्छाउन नसक्दा करिव ३० घण्टादेखि यातायात आवागमन बन्द भएको छ । जसका कारण हजारौँ यात्रु तथा यातायात मजदुरहरु समस्यामा परेकाछन् । 

असोज ३ गते साँझ साढे ६ बजेदसखि खसेको पहिरो निरन्तर खसिरहेका कारण अहिलेसम्म सडक सफा गर्न नसक्दा यात्रुहरु सडकमै अलपत्र परेकाछन् । लामो समय सडक जाम हुँदा खाद्यान्नको समस्या परेको छ । यसैक्रममा मुग्लिङका स्थानीयले पहल गरेर खान समस्यामा परेका यात्रु तथा मजदुरहरुलाई खाद्यान्न सहयोग जुटाईरहेकाछन् ।

 fb9c1323-a404-4d90-bb36-0b31905fd08aत्यस्तै राइडर्स युनियन नेपाल चितवन जिल्ला कमिटीले बिस्कुट र पानी वितरण गरेका छन् । युनियन चितवनका उपाध्यक्ष आलोककुमार श्रेष्ठको अगुवाईमा १५ जना समुहको राइडर्स टोलीले २० कार्टुन पानी र २ सय पिस बिस्कुट वितरण गरेको युनियनका केन्द्रीय अध्यक्ष माधव पाण्डेले बताउनुभयो । 

May be an image of 7 people, people smiling and textपहिरो खसिरहेको र रातको समय भएकाले पहिरो पन्छाउने कार्य आजलाई स्थगन भएको छ । पहिरो पन्छाउने कार्य रोकिएसंगै यातायात आवागमन कहिलेबाट हुने भन्ने समेत अन्यौल रहेको सडक डिभिजन भरतपुरले जनाएको छ ।

bato_6fllmq7z7pc52b42f6-f893-443b-8c50-a16f18078366e44021f4-a69e-4c1d-b20d-ef2750448871