काठमाडौं — अभिनेता दीपकराज गिरीकी छोरी मौसमी गिरीले मानसिक स्वास्थ्य विषयमा पिएचडी पूरा गरेकी छन्। उनले भारतस्थित मानसरोवर ग्रुप अफ इन्स्टिच्युसन्स् नर्सिङ अन्तर्गत विद्यावारिधि (PhD) सम्पन्न गरेकी हुन्।

छोरीले उच्च शिक्षा हासिल गरेको खुशी व्यक्त गर्दै दीपकराज गिरीले सामाजिक सञ्जालमा लेखेका छन्, “पढाइमा धेरै मिहेनत गरेर पिएचडी गरेकी मेरी प्यारी छोरी मौसमीलाई हार्दिक बधाई छ। एउटा बुवाको लागि यो भन्दा खुसीको दिन के होला?”

मौसमीले मानसिक स्वास्थ्य क्षेत्रमा अनुसन्धान र अध्ययन गर्दै आएको बताइन्छ।