काठमाडौँ—चौलागाई बंश प्रतिष्ठान केन्द्रीय कार्यसमितिको अध्यक्षमा देवेन्द्र चौलागाई निर्वाचित भएका छन्। शनिबार काठमाडौँमा सम्पन्न प्रतिष्ठानको १२औँ साधारण सभाले देवेन्द्र चौलागाईको अध्यक्षतामा १८ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो।
नवगठित कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा चित्रकुमार (सिके) चौलागाई चयन भएका छन् भने प्रथम उपाध्यक्षमा दिपकप्रसाद चौलागाई, द्वितीय उपाध्यक्षमा गोविन्दप्रसाद चौलागाई र तृतीय उपाध्यक्षमा मेनुका चौलागाई निर्वाचित भएका छन्। महासचिवमा बाबुराम चौलागाई चयन भएका छन्।
त्यसैगरी उपमहासचिवमा उद्धव चौलागाई, सचिवमा चन्द्रकुमारी चौलागाई र ओमप्रसाद चौलागाई चयन भएका छन्। कोषाध्यक्षमा तिर्थराज चौलागाई र सहकोषाध्यक्षमा रामप्रसाद चौलागाई निर्वाचित भएका छन्।
कार्यसमितिका सदस्यहरूमा भोलानाथ चौलागाई, कमला चौलागाई, नेत्रप्रसाद चौलागाई, सरोज चौलागाई, लक्ष्मण चौलागाई, हरिशंकर चौलागाई र देवकुमारी चौलागाई निर्वाचित भएका छन्।
साधारण सभाका अवसरमा नवनिर्वाचित अध्यक्ष देवेन्द्र चौलागाईले एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने सागर चौलागाई र रिजन चौलागाईलाई सम्मान गरेका थिए। साथै आजीवन विशिष्ट सदस्यता तथा आजीवन सदस्यता लिने सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रमुख अतिथिलाई विशेष सम्मान प्रदान गरिएको थियो।
साधारण सभामा वन तथा वातावरण मन्त्री माधवप्रसाद चौलागाई प्रमुख अतिथि तथा कर्णाली प्रदेशका उपसभामुख यशोदा न्यौपाने चौलागाई विशेष अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा प्रतिष्ठानका सल्लाहकार तथा सञ्चारकर्मी टीकाराम यात्री (चौलागाई) लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रममा दिपक चौलागाईले संस्थागत प्रतिवेदन र चन्द्रमणी चौलागाईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव बाबुराम चौलागाईले गरेका थिए ।




















