विराटचोक— मोरङको केराबारी  गाउँपालिकाका अध्यक्ष सुमन मिरिङचिङले ‘अध्यक्षसँग विद्यार्थी’ कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका विपन्न विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरेका छन् ।

पुष १४ गते केराबारी गाउँपालिका वडा नं. ७ मा रहेको सार्वजनिक माध्यमिक विद्यालय, जनजागरण आधारभूत विद्यालय तथा वडा नं. ६ मा रहेको विमिरे आधारभूत विद्यालयका विपन्न विद्यार्थीहरूलाई न्यानो पोशाक वितरण गरेका हुन् । साथै सार्वजनिक माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई स्काउट पोशाकसमेत प्रदान गरिएको छ।

कार्यक्रममा अध्यक्ष मिरिङचिङले विद्यार्थीहरूको शिक्षामा पहुँच र निरन्तरताका लागि स्थानीय सरकारले आवश्यक सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गरे । उनले विपन्न वर्गका विद्यार्थीहरूलाई लक्षित यस्ता कार्यक्रमले शिक्षाप्रति उत्साह बढ्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा जनप्रतिनिधिहरू, शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

May be an image of one or more people and text