काठमाडौँ— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले दिएको अभिव्यक्तिविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति गगन थापालाई लक्षित गर्दै दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिताविपरीत रहेको दाबी गर्दै धर्मराज तिमिल्सिनाले उजुरी दिएका हुन्।
उजुरीमा बालेन शाहले प्रयोग गरेका “७६ जना बच्चाको हत्यारा”, “आतङ्कवादी”, “देश जलाउने” जस्ता शब्दप्रति आपत्ति जनाउँदै उक्त अभिव्यक्तिको तथ्यपरक छानबिन गरी आवश्यक कारबाही गर्न माग गरिएको छ।
यसैगरी, चुनावी प्रचारप्रसारका क्रममा भारतीय नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गरिएको विषयमा पनि आयोगमा छुट्टै उजुरी परेको जनाइएको छ।



















