मन्थली — तत्कालीन नेकपा एकीकृत समाजवादी रामेछापका उपसचिव गणेशबाबु खड्का पुनः नेकपा एमालेमा फर्किएका छन्।
एमालेले सञ्चालन गरिरहेको ‘घर फर्क’ अभियानअन्तर्गत खड्का पार्टीमा पुनः समाहित भएका हुन्। यसअघि पनि तीर्थ श्रेष्ठसहितका केही नेताहरू एमालेमा फर्किसकेका छन्।
खड्कालाई एमालेका केन्द्रीय नेता तथा प्रतिनिधिसभा सदस्य उम्मेदवार **माधव ढुंगेल**ले मन्थलीस्थित पार्टी कार्यालयमा स्वागत गरेका थिए।
एमालेले विभाजनपछि अन्य दलतर्फ गएका नेता–कार्यकर्तालाई पुनः पार्टीमा फर्काउने अभियान तीव्र बनाएको जनाएको छ।


















