झापा — नेकपा एमाले को नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभिएफ) को कोशी प्रदेश स्तरीय भेला आज झापाको दमक मा हुँदैछ।
भेलालाई एमाले अध्यक्ष केपी शर्मा ओली ले सम्बोधन गर्ने कार्यक्रम रहेको छ। कोशी प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ताहरू सहभागी हुने जनाइएको छ।
फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई दमकमा उतार्ने तयारी गरिएको छ। झापा–५ का नागरिकहरूको पनि उल्लेख्य उपस्थिति रहने बताइएको छ। कार्यक्रममा जनगायक बैकुण्ठ महत को टोलीले विविध सांस्कृतिक प्रस्तुति गर्ने तयारी गरेको छ।
दमक–७ स्थित पशुहाटमा आयोजना हुने सभा दिउँसो ११ बजेबाट सुरु हुने आयोजकले जानकारी दिएका छन्। सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।


















