काठमाडौँ — पश्चिम एसियामा जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राज्य अमेरिकाइरान बीच वार्ता भएको भन्ने खबरलाई इरानले अस्वीकार गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य पुनः बढ्न थालेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले छिट्टै सम्झौता हुने दाबी गरे पनि इरानले त्यसलाई खण्डन गरेको छ। यसले आपूर्तिमा अनिश्चितता बढाउँदै बजारमा त्रास सिर्जना गरेको छ।

मंगलबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य एक दशमलव एक प्रतिशतले बढेर प्रति ब्यारेल एक सय एक डलर पुगेको छ भने वेस्ट टेक्सस इन्टरमिडिएट (डब्लूटीआई) पनि एक दशमलव आठ प्रतिशतले बढेर उनान्नब्बे दशमलव एकहत्तर डलर पुगेको छ।

यसअघि ट्रम्पले इरानका ऊर्जा केन्द्रहरूमा गर्ने भनिएको आक्रमण पाँच दिनका लागि स्थगित गरेको र इरानी अधिकारीहरूसँग सकारात्मक संवाद भएको बताएका थिए। त्यसको प्रभावस्वरूप सोमबार तेलको मूल्य झन्डै दश प्रतिशतले घटेको थियो। तर इस्लामिक रिभोलुसनरी गार्ड कोर ले ट्रम्पको दाबीलाई ‘मनोवैज्ञानिक अपरेसन’ भन्दै अमेरिकी लक्ष्यमा नयाँ आक्रमण सुरु गरेको जनाएपछि बजारमा पुनः अस्थिरता छाएको हो।

विश्वको करिब बीस प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने स्ट्रेट अफ होर्मुज अझै ठप्पजस्तै रहेकाले लगानीकर्ताहरू चिन्तित छन्। म्याक्वेरी समूह लगायत वित्तीय संस्थाहरूले यदि होर्मुज अप्रिलको अन्त्यसम्म नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रति ब्यारेल एक सय पचास डलरसम्म पुग्न सक्ने चेतावनी दिएका छन्।

यसैबीच, इरानको इस्फाहान र खोररामशहरस्थित ग्यास पूर्वाधारहरूमा भएका आक्रमणले ऊर्जा संकटलाई थप जटिल बनाएको छ। अमेरिकाले अभाव कम गर्न रूसी र इरानी तेलमाथिको केही प्रतिबन्ध अस्थायी रूपमा फुकुवा गरे पनि बजारमा तत्काल राहत देखिएको छैन।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी ले भने आवश्यक परे थप रणनीतिक तेल भण्डार बजारमा पठाउने विषयमा एशिया र युरोपका देशहरूसँग परामर्श गरिरहेको जनाएको छ। एजेन्सी