काठमाडौं — इन्डियन प्रिमियर लिग (आईपिएल) २०२६ अन्तर्गत १२ खेल सम्पन्न भइसकेका छन्। हाल अंक तालिकामा प्रतिस्पर्धा निकै रोमाञ्चक देखिएको छ।

तीन खेल खेलेको पञ्जाब ५ अंकसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानमा आरसिबी, तेस्रोमा राजस्थान र चौथोमा दिल्ली रहेका छन्। यी तीनै टोलीको समान ४/४ अंक रहेको छ।

यसैगरी २/२ अंक जोडेका हैदराबाद, मुम्बई र लखनउ क्रमशः पाँचौं, छैटौँ र सातौँ स्थानमा छन्। कोलकाता १ अंकसहित आठौँ स्थानमा छ।

अंकविहीन रहेका गुजरात र चेन्नई भने तालिकाको नवौँ र दसौँ स्थानमा छन्।