इमाडोल,२ माघ । ललितपुर स्थित माहालक्ष्मी नगरपालिकामा सहिद स्मृति खुल्ला ब्याड्मिन्टन प्रतियोगिता हुने भएको छ ।
महालक्ष्मी नगरपालिका वार्ड नम्बर १ को आयोजनामा माघ ११ गते सहिद दिवसको अवस्वर पारेर सुरुगरिने प्रतियोगिता १६ गते सम्म संंचालन हुने ब्याडमिन्टन प्रतियोगिता आयोजक कमिटीका अध्यक्ष अभिषेक खत्रीले बताए ।
खेल जगतको बिकास ,आपसी भाइचारा अभिबृदी र खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्दै "स्वस्थ्य नेपाली समृद्ध नेपाल" भन्ने मुलनाराका साथ संचालन गरिने सो प्रतियोगितामा २० वोटा टिमहरु सहभागी हुने अध्यक्ष खत्रीले बताए ।
प्रतियोगितामा सहभागी टिमहरु मध्ये प्रथम हुने टिमलाई नगद २५ हजार मेडल सहित ,दोश्रो हुने टिमलाई १२ हजार नगद सहित मेडल र तेस्रो हुने टिमलाई नगद सातहजार सहित मेडलहरु प्रदान गरिने आयोजक कमिटीका सचीव दाताराम कार्कीले बताए ।




















