सुन्दरहरैंचा, १७ माघ । सृजनशील र स्वस्थ दिमागका लागि बुद्दिचाल भन्ने नाराका साथ बिराट चेस क्लब सुन्दरहरैँचाले चेस प्रतियोगिता सुरु गरेको छ । प्रदेश न. १ का माननीय सांसद राजकुमार ओझाको प्रमुख आतिथ्यतामा आज प्रथम अन्तर बिधालय बुद्दिचाल प्रतियोगिताको समुद्घाटन भएको हो ।

क्लबका अध्यक्ष देबेन्द्र काफ्लेको अध्यक्षतामा संचालित प्रतियोगिताको उद्घाटन कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङ, वडाध्यक्ष रोशन ढकाल, शिक्षाप्रेमी प्रेमप्रसाद भट्टराई, समाजसेवी केदार गुरागाँई, तिलक ढकाल, बुद्दीजिवि मेदनी प्रसाद बराल, सुकुना बहुमुखी क्याम्पसका अध्यक्ष केशव अधिकारी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा बोल्दै सांसद ओझाले भौतिक बिकासले मात्र परिवर्तन सम्भव नहुने हुँदा मानवीय बिकासलाई समेत साथसाथै लैजानुपर्ने पर्ने व्यक्त गर्नुभयो । अन्तरास्ट्रिय रुपमै हाल साँघुरो सोचको बिकास हुँदै गएको अवस्थामा सबैले मानसिक बिकासको निम्ति सोच्नुपर्ने विचार राख्दै समय समयमा यस्ता बौद्धिक तथा स्वास्थ्य कार्यक्रमको अपरिहार्यता रहेको बताउनुभयो ।
त्यस्तै, सुन्दरहरैंचा नगरपालिकाकी उपमेयर धना तामाङले नगरलाई सुन्दर बनाउन सबैले आ-आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले जनताको सुरक्षालाई ध्यानमा राख्दै वडा न. १२ को अगुवाईमा गाउँ गाउँमा सिसि क्यामेरा जडान गरि नगर भित्र यस्तो कामको सुरुवात भैसकेको जानकारी गराउनुभयो ।
बुद्धिचाल प्रतियोगिता शुक्रवार देखि तिन दिन सम्म चल्नेछ । प्रतियोगिताको प्रथमलाई पन्ध्र हजार, द्वितियलाई दश हजार र तृतीयलाई पाँच हजार पुरस्कार राशी घोषित छ । प्रतियोगितामा १० भन्दा बढी बिधालयहरुको सहभागिता रहेको छ भने सुकुना स्कुलमा प्रतियोगिता चलिरहेको छ ।























