धरान । बुढासुब्बा टुबोर्ग गोल्डकप फुटबल प्रतियोगिताको टिकट अब अनलाइनबाटै काट्न सकिने भएको छ । आइएमइ पे तथा युनिक ट्राभल्स एण्ड टुर्स आइएमइको सहकार्यमा गोल्डकपको टिकट अनलाइनबाट खरिद गर्न सकिने बनाइएको आयोजक धरान फुटबल क्लबका महासचिव प्रताप तामाङले बताए ।

आइएमइ पे को एप डाउनलोड गरी घरैमा बसेर टिकट खरिद गर्न सक्ने व्यवस्था मिलाइएको हो । अनलाइनबाट टिकट खरिद गर्दा ३० रुपैया क्यास ब्याक हुने समेत क्लबले जनाएको छ । मोफसलको ठूलो फुटबल प्रतियोगिता बूढासुब्बा गोल्डकपको २२औँ संस्करण आगामी फागुन १० गतेदेखि धरानमा हुदैछ । औजार दैनिकबाट