लालीगुराँस होटलले शिवरात्रिको अवस्वरमा कन्सर्ट गर्ने ,दर्शकलाइ निशुल्क प्रवेश
फागुन ७, २०७६
नेपालपूर्व
इटहरी । इटहरीको हलगढा स्थित लालिगुरास होटल एण्ड सेकुवा कर्नरले महा शिवरात्रिको अवसरमा कन्सर्ट गर्ने भएको छ । साझ ६ बजे देखी होटल परिसरमा सुरुहुने कन्सर्टमा ओल्ड स्कुल ब्याण्डको प्रस्तुति रहनेछ ।
पारीबारीक रुपमा आएर मज्जा लिन सकिने खालको सांगेतिक कार्यक्रम रहेको हुँदा सवै खालका दर्शकका लागि रमाइलो बाताबरणमा कन्सर्ट हुन लागेको होटलको संचालक मनोज भण्डारीले बताए ।
आगन्तुकहरुलाई टिकट निःशुल्क गरिएको संचालक भण्डारीले जानकारी दिए । उक्त होटल छोटो समयमै जमघट तथा खानपिनको लागि लोकप्रिय बनेको छ ।