सोलुखुम्बु,१० फागुन । सोलुखुम्बुमा जारी तेस्रो मदन भण्डारी स्मृति कप प्रदेश स्तरीय भलिबल प्रतियोगितामा सोलुखुम्बु र सुनसरीलाई संयुक्त रुपमा विजेता घोषणा गरिएको छ । शनिबार फाइनल खेल चलिरहेको समयमा बर्षात भएपछि खेल प्रभावीत बनेको थियो ।

सोलुखुम्बु र सुनसरी बीचको खेलमा २५–१५, २५–२३, १९–२५, २३–२५ र ५–५ को अवस्थामा पुगेपछि खेल स्थगीत गर्नुपरेको स्पोर्टस एकेडेमी ।मदन भण्डारी स्पोर्ट्स एकेडेमी प्रदेश न १ का सचीव टीका घिमिरेले बताए । सुरुका दुई सेट सोलुखुम्बुले जितेको थियो त्यस पछिका दुई सेटमा सुनसरीले जितेको थियो । अन्तिम सेटको खेल चलिरहेको र दुबै टोलिको ५–५ अंक भएको अवस्थामा असिना सहितको वर्षात भए पछि खेल अबरुद्ध भएको थियो । भारी वर्षा भएका कारण पुनः खेल सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले दुवै टोलिलाई संयुक्त विजेता घोषणा गरिएको स्पोर्ट्स एकेडेमीका प्रदेश १ का सचिवालय सदस्य नवीन गिरीले  बताए  । उनीहरुले बराबरी पुरस्कार पाउँनेछन् ।

नेकपा प्रदेश नम्बर १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले उपाधि विजेतालाई थप गरेको ५० हजार सहित ३ लाख नगद बराबर रुपमा वितरण गरिएको मदन भण्डारी स्पोर्ट एकेडेमि प्रदेश नम्बर १ का अध्यक्ष सागर थापाले जानकारी दिए । शनिबारनै भएको खेलमा भोजपुरलाई पराजित गरि झापाले तेस्रो स्थान हासिल गरेको छ । झापाले भोजपुरलाई २५–१३, २५–१८, २२–२५, २४–२६ र १५–९ को प्रतिस्पर्धात्मक सेटमा पराजित गरेको हो । तेस्रो भएको झापाले ५० हजार नगद पाउने छ भने भोजपुरले २५ हजार प्राप्त गर्ने छ । मदन भण्डारी स्पोर्ट एकेडेमिको आयोजनामा भएको प्रतियोगितामा प्रदेश नम्बर १ का १३ टोलिको सहभागिता रहेको थियो ।

कार्यक्रमको समापन सत्रलाई संबोधन गर्न प्रदेश एकका मुख्य मन्त्री सेरधन राई, भौतिक पुर्वधार विकास राज्य मन्त्री अम्बीर बाबु गुरुङ सोलुखुम्बु आएका थिए । शनिबार काठमान्डौबाट हेलिकोप्टर मार्फ फाप्लु आएका मुख्य मन्त्रीको टोलि ओखलढुंगाको रुमजाटार हुँदै काठमान्डौ फर्केको छ ।