एक समय प्याजको मुल्य बढ्दा मानिसहरूले प्याजको ब्याङ्य गर्न कुनै कसुर राखेका थिएनन र प्याजको मूल्य पनि अकासिएको थियो त्यतिखेर सर्वसाधारणले त प्याज खान नै छाडिसकेका  थिए ।

कतिपयले त भन्थे काठमाडौमा प्याज खान घडेरीनै बेच्नु पर्छ भन्थे साच्चै पनि हो इतिहासमै यत्तीको महँगो प्याजको  भाउ थिएन । १ केजि प्याज खरीद गर्दा २ सय भन्दा बढी मूल्य तिर्नु पर्ने अवस्था थियो तर केही समय देखि प्याजको भाउमा गिरावट आएको छ ।

तराईमा हेर्ने हो भने प्रती किलो ५० देखि ६० रुपैया प्याज पाइन थाली सकेको छ । तर उपत्यकामा प्याजको मूल्य अझै पनि प्रति केजी १ सय पचास देखि १ सय साठी रुपैया सम्म कायमै छ । यसरी भाउ न घट्नुले सर्वसाधारण मार्कामा नै पर्नु हो । तर किन मूल्य समायोजन हुन सकेन उपत्यकामा ?

उपत्यका भन्दा बाहिर प्याजको मुल्य सस्तो हुदै जादा  अन्य स्थानहरु भन्दा उपत्यकामा अलिक महङ्गो हुनु त स्वभाबिक नै हो  तर उपत्यकामा त  तीन गुणा महङ्गो छ । तर सम्बन्धित निकायको ध्यानकर्षण  नभएको कारण र बिचौलियाको कारणले आज काठमाडौका सर्वसाधारण जनताहरुलाइ महङ्गो मूल्य तिर्नु पर्ने बाध्य परेको छ ।

अझ हामी जस्तो उपत्यका भन्दा बाहिरबाट अध्यन गर्न आउने बिद्यार्थीहरुलाइ धेरै मार्का पर्ने गरेको छ। हरेक क्षेत्रमा कति मुनाफा राख्नु पर्ने हो त्यो बिषयमा सवै संबंधित निकायहरूले मुल्य  तोकिदिदा सर्वसाधारणहरुले यति महङ्गो मूल्य तिर्नु पर्दैन थियो । त्यसैले प्याजको मूल्य समायोजन भएमा आम उपत्यका बासिहरु खुशी हुने थिए । सरकार या संबंधित निकायको यस्ता कुराहरूमा ध्यान गए सर्वसाधारण तथा आमजनता लाई राहत हुने थियो ।

(लेखक  रत्न राज्य लक्ष्मी  क्याम्पस बिबिए प्रथम बर्षका विद्यार्थी हुन)