ओलि सरकारको पक्षमा ......

सम्भवत बि.सं.२०५४ मा तत्कालीन नेकपा एमाले नफुटाएको भए पूर्ण बहुमत एमालेको हुन्थ्यो र एमालेका केपी ओलि,झलनाथ खनाल र माधव नेपाल मात्र होइन बामदेव गौतम र ईश्वर पोख्रेल समेत प्रधानमन्त्री बनिसक्ने संभावना थियो र माओबादी समेत यसैमा मिल्थ्यो।

एमाले फुटाउने अभियान सफल भएकैले देशले दशकौं अस्थिरताको सामना गर्नु पर्यो। तर आज त्यही दु:खद घटना दोहोर्‍याउने अभ्यास भैरहेको छ र हाम्रा सम्मानित नेताहरू कसैको गोटि बनिरहनु भएको छ। कसैले स्वीकार गरोस् या नगरोस् नेकपाको बहुमत केपि ओलिको नेतृत्वमा आएकै हो। अन्य नेताहरूको पनि महत्त्वपूर्ण भुमिका छदैछ। तर हामीले के बुझ्नुपर्छ भने केपि ओलि असफल बन्दा पार्टी मात्र होइन देश असफल हुन्छ ।

नेपालको कम्युनिस्ट आन्दोलन असफल हुन्छ। पार्टीका नेता र कार्यकर्ताले मात्र सरकारले गरेका कामको प्रचार मात्र गरेपनी अर्को पटक बहुमत पक्का तर विपक्ष भन्दा पनि ४ भित्ता माथी उफ्रीएर ओलि र सरकार विरुद्ध षड्यन्त्रमा सामेल हुँदा त घाटा ओलिलाई मात्र हुने होर ? केही नेताहरू ओलिलाई बदनाम गर्न हातमुख धोएर लागिपरेका छन् तर के ओलि बदनाम हुँदा नेकपा शक्तिशाली बन्ने होर ?

सरकार विरुद्ध भैरहेको षड्यन्त्रलाई चिर्नुपर्ने बेला अझ षड्यन्त्रलाई मलजल गर्ने काम केही नेताहरूबाटै भैरहेको छ। नेकपाले जनता संग मत माग्दा स्थिर सरकारको मुल नारा थियो कि थिएन ? अब सबै कम्युनिस्ट एक हुन्छौ भनेर हामी जनतासंग गएको होकि होइन ? अनि २ वर्ष पुग्न नपाई फेरि चोरबाटोबाट सत्ता फेर्ने घिनलाग्दो खेलमा नेकपाका नेता नै लाग्दा पन्चे,काङ्ग्रेस र कम्युनिस्टमा के भिन्नता छ ?

हामीले जनतालाई जबाफ दिनुपर्छ कि पर्दैन? तसर्थ अबको ३ वर्ष सबै तह र तप्काबाट सरकारलाई सहयोग गरौ। त्यसपछि प्रधानमन्त्री ओलि त बन्ने होइनन् होला अहिलेकै नामहरु मध्येकै बन्ने होलान् । सरकार फेर्ने कुरा वाइयात र जनताको अपमान गर्ने बाहेक केही होइन ।सरकारका केही काम चित्त बुझ्दो नहोलान तर समग्रमा सहि ट्र्याकमा हिनेको सरकारलाई फेर्न प्रयत्न गर्नु दुर्भाग्यपूर्ण हुनेछ ।हतार गरे भन्न सकिन्न बिस्तारै हिडे अवस्य पुगिन्छ।

(लेखक जिबि गजल अनेरास्ववियु सुनसरी जिल्ला कमिटी संयोजक हुनुहुन्छ )