लैङ्गकि फरक भएकै कारणले महिलाहरूमाथि भेदभाव नगरियोस् , गर्नेको विरुद्ध महिलाहरूले मात्र नभई सिङ्गो समाजले आवज बुलन्द गर्न सकोस् भन्ने चेतना जागृत गर्दै समाजको विचारलाई परिस्कृत र पुनर्ताजगी गर्ने अभिप्रायले बर्षेनी विश्वभर अन्तरास्ट्रिय नारी दिवस मनाइन्छ । महिला अधिकार, सशक्तीकरण, लैङ्गकि समानता, चेतना अभिवृद्धि यसका विषयहरु हुन् ।

नारी दिवस मनाइनुको उदेश्यहरु;

१) नारिको अधिकारलाई शब्द र भाषणमा मात्र नभएर कानुको प्रभावकारी कार्यन्वयन गरि नारी प्रती हेर्ने सकारात्मक  दृष्टिकोणको लागी समाजलाई आमुल परिवर्तन गर्न,

२) लैङ्गकि समानता र सामाजिक न्यायका निम्ति

३) महिला तथा सिमान्तकृत समुदायको आर्थिक, सामाजिक, सांस्कृतिक सुनिश्चितता तथा सामाजिक न्याय माथिको पहुँच समान वितरण गर्न

४)सम्मानपुर्वक बाच्न पाउने अधिकार सुनिश्चितता गर्न

५) लैङ्िगक विभेदमा आधारित हिंसा यसका कारण सिर्जित परिणामको रोकथाम या न्यूनीकरण गर्दै अन्त्य गर्न • सुरु कसरी, कस्ले? विभेदकारी नितिका कारण अमेरिकाको कपडामिलमा काम गर्ने महिलाहरुले पुरुष बराबरी समान ज्याला र काम गर्ने समयको सुनिश्चितताका लागि महान नारी क्लारा जट्किनको अगुवाइमा आन्दोलन छेडेका थिए ।

मानवीय मुल्यमान्यतामा होस् या श्रमरोजगारिमा होस् महिला र पुरुष बिच चरम विभेद पाइन्थ्यो, आज पनि त्यस्को अंस केहिमात्रामा रहिआएकै छ । महिलालाई मताधिकारको प्रयोग सुनिश्चितता गर्ने उदेश्यका साथ सन् १९०९ फ्रेब्रुवारी २८ मा संयुक्तराज्य अमेरिकाको सोशलिष्ट पार्टीले कोपनहेगनमा सर्वप्रथम नारी दिवस मनाएको थियो।

अन्त्यमा महिला श्रमिक आन्दोलनको अगुवाई गर्ने महान नारी क्लारा जट्किन लगायत नारी आवाज बुलन्द गर्दै जीवन आहुती दिने तमाम आमा योगमायाहरु,छाउपडी, वादी, कुमारी, दाइजो जस्ता कुरितिहरुमा ज्युदै जल्ने सयौं दिदीबहिनीहरु अनि, अनि उखुबारिमा बलत्कृत हुने सयौं निर्मलाहरुलाई सलाम, जसका अन्त्यका लागी व्यक्ति, घर, समाज, राष्ट्र र अन्तरास्ट्रिय सिङ्गो जगत लागोस ।

लागौं साथसाथै महिलाको हकअधिकार सुनिस्चित गराउनका निम्ति राज्यलाई उत्तरदायी बनाउन महिला मैत्री ऐन, निति नियम निर्माण तथा कार्यनयनका लागि सबै तहका सरकार सग समन्वय र सहकार्य गर्न आवश्यक देखिन्छ र सर्वप्रथम त नारी सशक्त हुन जरुरी छ-- शारीरिक, मानसिक, बौद्धिक, राजनैतिक र आर्थिक पक्षमा। ११० औं अन्तरास्ट्रिय महिला श्रमिक दिवसको उपलक्ष्यमा नारी सशक्तीकरण लागी शुभकामना । -

कविता शर्मा ओझा , सुन्दरहरैचा, ११ मोरङ