इटहरी । इटहरीका गायक प्रितम आचार्य भारतीय रियालिटी शो सारेगमपको सेमिफाइनलमा पुगेका छन् । उनले सेमिफाइनलमा पनि जजहरुको मन जितेका छन् ।उनको लुट गए … बोलको गीत गाएको प्रोमो सार्वजनिक भएको छ । जसमा उनलाई जजहरुले स्टेजमै गएर बोकेको देखाइएको छ ।
त्यती मात्र होइन जज बसेका कलाकार आनन्द राज आनन्दले उनको प्रस्तुती आफ्नो लागी यादगार प्रस्तुती भनेका छन् । अर्का जजले थपेका छन्, ‘यहाँ गीत होइन जादु भइरहेजस्तो लाग्यो, मेरो जीवनमा ब्रेकअप भएको छैन, तर यो गीत सुन्दा भएजस्तै लाग्यो ।’




















