काठमाडौं, २५  चैत। मगंलबार नबिल बैंकको देशभरका ४५ वटा शाखा कार्यालय खुल्ने भएको छ । सबै शाखा बिहान ११ बजेदेखि १ बजेसम्म गरी खुल्ला हुने बैंकले जनाएको छ ।

जसमध्ये सुदुरपश्चिमको प्रदेशमा ६ वटा शाखा कार्यालय खुल्ने भएका छन् । त्यस्तै, कर्णाली प्रदेशको ५ वटा जसमध्ये तिला शाखा चाँहि ४ बजेदेखि ५ बजेसम्म खुल्ने बैंकले जनाएको छ ।

त्यसैगरी, प्रदेश १ को ९ वटा, प्रदेश २ को ७ वटा, बागमति प्रदेशको ७ वटा, गण्डकी प्रदेशको ७ वटा, प्रदेश ५ को ४ वटा शाखा कार्यालय आज(मगंलबार) खुल्ने व्यवस्थापन अधिकृतको कृष्ण सुवेदी जानकारी दिए ।
नबिल बैंकको ११८ शाखा, १७५ एटिएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

शाखा खुल्ने सूची    (नयाँ पेजबाट)

 

 92017593_1289866984734093_2202227618982395904_n