कथा उहिलेको हो।एकजना मानिस परदेश गएर केही धन कमाएर घर फर्कदै थियो ।रात पर्‍यो ।एउटा घरमा बास माग्यो।
परदेशी: बास पाइन्छ कि हजुर ?
घरबेटी : बास त पाइन्छ तर मसंग बाजी खेल्नुपर्छ।
परदेशी:कस्तो बाजी हजुर!?
घरबेटी :म जेजे भन्छु तपाईले होहो मात्र भन्नुपर्छ
होइन भने बाजी हार्नुहुन्छ।

(परदेशीले गम खायो।आ! जेसुकै भनोस होहो मात्र भन्छु।बिहान उठेर हिडीहाल्छु।गलेको छु,बाँस बस्छु।परदेशीले सर्त मन्जुर गर्‍यो ।)
खाना खाइसकेपछि घरबेटीले प्रश्न सुरु गर्‍यो ।परदेशी होहो भन्दै गयो।निद्राले छोप्दै गयो।
घरबेटी :हाम्रो घरमा एउटा यस्तो कुखुरी थियो जसले दिनमा पाँच पाथी दूध दिन्थ्यो।
परदेशी:झुट कुखुरीले पनि दूध दिन्छ।वाहियात कुरा।(निद्राको सुरमा सर्त बिर्स्यो।)
घरबेटी :तपाईले बाजी हार्नुभयो।भएभरको सबै पैसा झिक्नुहोस।वर्षौवर्ष कमाएको रु ५०००हजार झिकेर दियो।बिहान उठेर रुदैरुदै घर गयो।घर त पुग्यो तर उसलाई दिनको भोक रातको निद्रा पनि हरायो ।दुब्लो पातलो हुँदैगयो।
भाइले विचार गरिरहेको थियोे ।दाइ किन झोक्राए पैसा बाँड्नुपर्छ भनेर होकि क्याहो?
भाइ:दाइ तिमीले कमाएका पैसा मलाई चाहिदैन
आफूखुसी खर्च गर।दाइले भएभरको सबै कुरा भाइलाई बतायो।
भाइ:ठेगाना भन दाइ!म तिम्रा पैसा डबल बनाएर दिन्छु।
भाइ दाजुकै जसरी त्यही घरमा बाँस बस्न पुग्यो।
बास माग्यो।बीस हजार कमाएर घर फर्केको पनि सुनायो।घरबेटीले पनि पुनः उहीँ बाजी खेल्नेकुरा गर्‍यो ।पदेशीले पनि मन्जुर गर्‍यो ।
परदेशी:एक घंटा प्रश्न सोध्ने तपाईंको पालो त्यसपछि मेरो पालो।घरबेटीले बिनासोच मन्जुर गर्‍यो ।लेखापढी पनि भयो वा सर्तनामा लेखियो।
खाना खाइसकेपछि घरबेटीले प्रश्न सुरु गर्‍यो ।
परदेशीले होहो भन्दै गयो।
घरबेटी :हाम्रो घरमा यस्तो कुखुरी थियो जसले एकदिनमा पाँच पाथी दूध दिन्थ्यो।
परदेशी:होहो अझै विकासे कुखुरीले त छपाथी दूध दिन्छ।घरबेटीको पालो सकियो।
अब परदेशीले प्रश्न सोध्न थाल्यो ।घरबेटी होहो भन्नथाल्यो।
परदेशी: मेरी श्रीमती हराएको बार वर्ष भयो।खोज्न थालेको पनि बार वर्ष नै भयो।अहिले खाना खानदिने महिला नै पो मेरी श्रीमती रहिछन् होकि होइन ?
घरबेटीलाई चिटचिट पसिना आयो।आपत पर्‍यो ।होइन भनौ बाजि हारिने ।हो भनौ त श्रीमती नै लाने भो।घरबेटीको केही चलेन।उपाए पनि फुरेन।अन्तमा घरबेटीलाई होइन भन्न कर लाग्यो।
घरबेटी :होइन ,झुटो आरोप
परदेशी:तपाईले बाजी हार्नुभयो।पैसा झिक्नुहोस।परदेशीले घरबेटीसंग पैसा लियो।साथीको ब्यवस्था गरेको थियो ।बाटो तताइ हाल्यो।दसहजार दाजुलाइ दियो।बाँकी आफूले राख्यो।
निष्कर्ष :
१आफूलाई मात्र बाठो सम्झनु।संसारमा आफूभन्दा अरु पनि बाठा छन भन्ने नसम्झनु।
२समय,परिस्थिति,वातावरण र आफ्नो र अरु ब्याक्तीको हाउभाउ नबुझी हावामा विश्वास गर्नु।
आफूले अरुको एक रुपैया ठगे अरुले आफ्नो सय रुपैया ठग्छ्न भन्ने थाहा नपाउनु।
३कसैले २/४ महिना मै डबल दिन्छु भन्यो भने लोभमा बहकिएर दिन्छौ।रीण काढेर ,घरजग्गा धितो राखेर,बिना प्रमाण ,बिना आधार ,बिना दर्ता ,बिना रसिद ,बिना कागज दिन्छौं।कसैलाई भन्दैनौं।सोध्दैनौं ।किन थाहा छ?आफू मात्र धनी हुने प्रवल इच्छा र चाहनाले हो।
आफू फसियो अरु नफसुन भन्ने इच्छा पनि राख्दै नौं।
आफन्त छिमेकी अभर परेर आएभने त्यसलाई भने कागज गर्नुपर्छ,साक्षी राख्नुपर्छ,ब्यवहार कस्तो छ भनेर बुझ्नुपर्छ ।
सिधै डबल दिने आए त्यसै दिन्छौं।चिन्नु जान्नु केही पनि पर्दैन ।प्रमाण पनि पर्दैन ।
नोट: आफ्नो आलोचना आफैले गरेको हुँ।
माफ पाउँ!!!!!!!!!!!!!!
जयहोस!सबैको जयहोस!शुभकामना !!!!