राणा शासन हटाउँदा नेपाली जनताले कानुनको शासन खोजेका थिए । अर्थात राणा शासन हट्दा नेपाली जनताले हुकुमी शासनको अन्त भएको ठानेका थिए । व्यवहारमा भने त्यसो हुन सकेन । दरवारीया, भारदार र आसेपासेहरूको हाल हुकुम यथावत देखीयो । जनतावाट निर्वाचीत प्रधानमन्त्री विपी कोइराला हटाइए तर हुकुमी प्रविर्ती हटेन ।
पंचायती व्यवस्था त पंचहरूको एकतन्त्री शासन नै थियो । त्यसलाई फालेर प्रजातन्त्र ल्याईयो । फेरीपनि सामन्ती ठालुहरूको निगाह र तजविजी शासन हटेको अनुभुती गर्न जनताले पाएनन ।
अहिले त मुलुकमा गणतन्त्र सहितको जनताले वनाएको संविधान अनुरूप जननिर्वाचित सरकार वनेको छ । फेरीपनि जनता निरीह छन, आफ्नो सानो काम गर्न समेत भनसुनको लागी वारिस खोजी हिड्न वाद्य छन । राणा काल देखी अहिले सम्मको लामो लडाईमा जनताले गरेको संघर्ष र वलिदान को प्रतिफल फेरी अर्को हुकुमी प्रविर्ती कालागी थिएन । एउटा निस्चीत विधीवाट जनताका कुनै पनि काम सम्पन्न हुन भन्नका लागी थियो । जनताका माग र चाहनाहरूलाई वासी वनाएर राख्न होईन । निस्चीत माप र विधीवाट तिनको तत्काल सम्वोदन गर्नको लागी थियो ।
अहिले नेकपा भित्र विधी प्रणालीको वारेमा जोडदार वहस सुरू भएको छ । कहिल्यै विधी मान्न वाद्य नभएका कमरेड प्रचण्डले समेत विधीको आवस्यकता महशुस गर्नु भएकोछ । नेकपाका वरिष्ट नेता माधव कुमार नेपालले “ आफुलाइ पद चाहिएको होईन । निस्चित विधिमा चल्ने पार्टी चाहिएको हो “ भनेर प्रस्ताव राख्नु भएछ । त्यसले विधी मिचेर वसेका धेरैलाई ज्वरो नै आएछ ।
त्यती मात्र होईन उनले पार्टी एकता प्रकृयालाई विधी सम्मत ढंगले टुङ्ग्याउने काम गरौ । अहिलेको नेकपाको सरकार लाई सफल वनाऊन “ सवैको अपनत्व हुनेगरी सरकारलाई पनि सामुहिक नेतृत्वको आधारमा निती वनाएर विधी सम्मत ढंगले चलाएर अघि वढौ “ भनेर प्रस्ताव राखेको सुनियो ।
यसपछि सत्तासिन पार्टी कै केही व्यक्ती हरूवाट माधव नेपाललाइ पार्टी एकता विरोधी, केपी ओलीको सरकार विरोधी र पदलोलुप व्यक्ती भनेर प्रचार गर्न प्रतीस्पर्धा गरेको पनि देखीयो । यसले माधव नेपाललाई भन्दा दुषित प्रचारकहरूलाई वढि नोक्सानी पुर्याई रहेको छ । वास्तवमा विधीमा चल्ने पार्टी र देश संचालनको विधी तमाम नेपाली जनताको पुरानो माग हो ।
देशका तमाम नेकपा सम्वध्द कार्यकर्ताहरूको समेत निरन्तरको माग हो । कतिपय वाट यसलाई हासो र खिल्ली उडाउने विषय वनाऊने प्रयास भएको पनि देखीदैछ । वास्तवमा तिनीहरूले के गर्न खोजिरहेका हुन ? आफुलाई कता लान खोजी रहेका छन ? वुझ्न त्यती कठिन पर्दैन तर विधी सम्मत काम(कारवाही आजको आवस्यकता हो ।
कमरेड माधव कुमार नेपाल नेकपा मालेको स्थापना काल देखीनै सो पार्टीको नेता रहदै आए । उनले सिपी मैनाली देखी कमरेड मदन कुमार भण्डारी सम्मका सवै महासचिवको सहयोगी भएर काम गरे । सवै महासचिवहरू संग दोश्रो नेता भएर मिलेरै काम गरेको ईतीहास छ । कसै संग उनको शक्ती संघर्ष र झगडा देखीएन । जननेता मदन कुमार भण्डारीको निधन पछि कमरेड माधव कुमार नेपाल सर्वसम्मतिबाट पार्टीको महासचिव चुनिए । करिव १४ वर्ष उनले नेकपा एमालेको नेतृत्व गरे । पार्टीका प्राय सवै महत्वपूर्ण निर्णयहरू सहमती वाटै निकाल्ने काम गरे ।
महाकाली सन्धीको एजेण्डा वाहेक आफ्नै विरूध्द कमरेड वामदेव गौतम र कामरेड केपी ओलीले आफ्ना सहयोगीहरूको हस्ताक्षर सहित उठाएका सिधा असन्तुष्टीहरूलाई समेत वैठकमा राखी सहमती वाटै सम्वोधन गर्ने काम गरे । २०६४ सालको संविधान सभा निर्वाचनमा पार्टीले अपेक्षित परिणाम प्राप्त गर्न नसके पछि महाधिवेसनकै मुखमा महासचिव पद छोड्न तयार भए । २०६६ सालमा वहुमत हुदाहुदै प्रधानमन्त्री पदवाट राजीनामा दिन तयार भए । यसले उनको पार्टी र संगठन प्रतीको प्रतिवद्धता र जीम्मेवारी वोधलाई उजागर गरेको छ ।
कुनैपनि राजनितीक नेताले अवकाशको खास प्रणालीवाट अवकाश नपाए सम्म आफ्नो पार्टीमा कृयाशिल रहन खोज्नु स्वभाविक हुन्छ । यसका निम्ती पार्टीहरूले अवकाश र विदाईको खास विधी र पद्धति स्थापीत गर्नु आवस्यक पर्दछ । पार्टी निती सिध्दान्त, विधी र पद्धतिले नै व्यक्तीलाई पदमा या आकाशमा पुर्याउने काम गर्नु पर्दछ । व्यक्तीलाई पार्टीमा के काम दिने, कसरी काम गराउने अनी कहिले अवकाश दिने सहितका विषयमा सम्वन्धीत कमिटीको सर्वोपरी भूमिका हुनु पर्दछ ।
यसैको लागी कमरेड माधव नेपालले आवाज उठाऊन भएको हो भने यसलाई सवैले स्वागत गर्नु पर्दछ । कमरेड माधव नेपालको असन्तुष्टी सहिमा पार्टीमा विधि र पद्दति वसाऊनको निम्ती हो । केन्द्र तिर मात्र मोटाएको तल आधारभूत तहमा सुकेको पार्टी संगठनलाई व्यवस्थीत, संगठित, तन्दुरुस्त र कृयाशिल पार्टी वनाएर आउने चुनौतीहरू को सामना गर्न सक्षम पार्टी निर्माणको लागि हो भने सवैले मनन गर्नु पर्दछ ।
चाहे माधव नेपालको होस चाहे कमरेड झलनाथ खनालको । चाहे वामदेव गौतमको होस चाहे स्वयम कमरेड केपी शर्मा ओली या प्रचण्ड कमरेडको । या पार्टीका मातहत र आधारभूत तहमा काम गर्ने साना कार्यकर्ताहरुको । जहा असहमति हुन्छ त्यही सहमती खोजीनु पर्दछ । जहा असन्तुष्टि प्रकट हुन्छन त्यही सम्वोधन गर्नु पर्दछ । कुनैपनि किसीमको असहमती र असन्तुष्टिको सम्वोधन तत्काल नेतृत्वमा रहनु हुने कमरेडले गर्ने हो । यो नै असली लोकतन्त्र या जनताको वहुदलीय जनवाद हो । अहिले पनि त्यही हुनु आवश्यक छ ।
सत्तामा टासिनको निम्ती नजीक पुगेका चाप्लुस जुम्राहरूले ‘यसो रे’ , ‘उसो रे’ भन्दै कराउनुको कुनै अर्थ हुदैन । यी विषय हरूमा स्वयम पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र पार्टीका अर्का अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्डले पहल गरी हाल्नु पर्दछ । यसैको लागी पार्टीका वरिष्ठ नेताहरु माधव नेपाल, झलनाथ खनाल सहितका सवै नेताहरु वसेर नया शिराबाट संवाद र सहमति गरेर सहकार्य गर्दै सामुहिक नेतृत्वको थालनी गर्नु पर्छ ।
आजको दिनमा नेताहरूले कुनै स्वार्थ राखेर काम गर्नु हुदैन । स्वार्थ कती खतरनाक र डरलाग्दो हुन्छ भने यसले पदलिप्सालाई जन्म दिन्छ । देश र जनताको निम्ती काम गर्नु पर्ने पदहरुलाई निहीत स्वार्थमा प्रयोग गराउँन थाल्दछ । निहीत स्वार्थ र पदलिप्साको अर्थ पदको दुरूपयोग गर्न उस्तादहरू लाई मात्र थाहा हुन्छ । उनिहरू पार्टीका सवै कमिटीहरूलाई वेवास्ता गर्दै आफु र आफ्नाको लागी मनपरि सत्ताको दुरूपयोग गर्न सिपालु हुन्छन । यस्ता स्वनाम धन्य महामहिमहरूको लागी कुर्सी वेगर वाँच्न मुस्किल हुन्छ । यस्तो किसीमको स्वार्थ, पदलिप्सा र निजीहितको निम्ती मरि मेटाई पूर्णतः बुर्जुवा चिन्तन हो ।
यस किसीमका वुर्जुवा चिन्तन भएका मान्छेहरू कम्युनिष्ट पार्टीको सामुहिक निर्णय प्रणालीमा विश्वास गर्न छाडी दिन्छन । अनी निजी सम्पर्क लेनदेन र चलखेल अनी विचौलीयाको भूमिकामा रमाउन थाल्दछन । अन्तमा पार्टीका औपचारिक वैठक र तिनका निर्णयहरूलाई नै अनुचित तथा अनावस्यक ठानि दिन्छन । यसैले कम्युनिष्ट पार्टीमा सामुहिक नेतृत्व र कमिटी प्रणाली स्थापीत हुनु अनिवार्य शर्त हो । यसैले माधव नेपाल या अरू कसैले उठाएको विधीको विषयलाई ईन्कार गरेर जान सकिन्न । देश चलाऊने मामलाहरूमा र पार्टी संचालनमा समेत हरेक क्षेत्रमा सुविचारित ढंगले विधीलाई स्थापीत गर्न नेपाल कम्युनिष्ट पार्टी र त्यसले वनाएको कार्यदलको गम्भीर ध्यान जानु पर्दछ । सवैले जानी राखौ ।





















