* कथा वर्तमान समाजको हो।कुनै ठाउँको कुनै गाउँमा दुई दाजुभाइ थिए ।जग्गा जमिन थिएन।ज्याला मजदुरी गरेर जिविका चलाउथे।विहे पनि गरे।अबभने दैनिकी संचालन गर्न गाह्रो भो।बसाई जाने निधो गरे।बसाइँ निकै टाढा गए।त्यहाँ ऊनीहरुका आफन्त नातागोता कोहीपनि थिएनन् ।

जे थिए तिनै दाजुभाइ थिए ।नयाँ ठाउँ नयाँ मान्छे ।होशियारी पूर्वक रहन थाले।मेहनत गरेर काम गर्थे।दाजुभाइका बिचमा असाध्यै प्रेम थियोे ।देउरानी जेठानी पनि एकले अर्कीको कपाल कोर्थे चुल्ठो बाट्थे।राम्रो मित्रता थियोे ।धेरै वर्षको अन्तरालमा केही जग्गा जमीन जोडे।एउटै आँगन गरेर दुइटा घर पनि बनाए।समाजमा राम्रोसँग घुलमिल भए।ईमानदार पूर्वक ब्यवहार गर्थे ।अरुका वस्तुको लोभ चटक्कै गर्दैनथे।साँध खन्दैनथे।आफ्नै परिश्रम र कमाइमा विश्वास गर्थे ।


एकदिन त्यही गाउँको मानिस सापटी माग्न आयो, दिए।समयमा तिरेन।धाउन थाले ।कहिले भाग्छ।भोलिभोलि भनेर हैरान पार्‍यो ।दाजुभाइ नै गए।अलिकति कडा बोले।उसले त हात मिसाइ हाल्यो।एकछिन सम्म सहे।अरु मानिस पनि हेरिरहेका थिए।अतिगर्‍यो खप्न सकेनन् ।दुई भाइले एकभाइलाइ सामान्य पिटे।समाज बस्यो।छलफल भयो।

सम्पूर्ण दोष उसकै ठहर्‍यो।पैसा तिराए।जरिवाना गरे तर लिनमानेनन।जरिवाना स्कुललाई दिइयो ।माफ मगाइयो।झगडा मिल्यो।दाजुभाइ देउरानीजेठानीमा असाध्यै प्रेम थियोे ।मेलापात अर्मपर्म लेनदेन सवै कुरामा सल्लाह मिल्थ्यो।एकाआपसमा नमूना प्रेम थियो ।एकदिन दाजुले एकबोरा धान सुकाएर बरन्डामा राखेको थियो ।बिहान उठ्दा धान छैन ।

हल्ला भयो।सबैको घर खानतलासी भयो तर धान भेटिएन।आफ्नै भाइको ग्वालीमा त्रीपालले छोपेर राखेको अवस्थामा धान भेटियो ।मैले होइन भनेर अनुनयविनय गर्‍यो तर परिबन्धमा पर्‍यो ।भाइको बेइज्जत भयो।भाइ भनेर दाजु चुप लाग्यो।गाउलेहरु छ्क्क पर्दै घर फर्के।मैले नगरेको बिराम भोग्नु पर्‍यो भनेर भाइ रुन्छ।दाजु विचार गर्छ चोरले त आफ्नो घर पो लान्छ।क्याहो क्याहो????

देउरानी जेठानीको बोलचाल बन्दभयो।दाजुभाइ बाहिर बाहिर बोल्थे।भाइलाई त्यहाँ भन्दा पीर पर्ने ठाउँ अरु केही होला र ? त्यो पनि गर्दै नगरेको।बसाइ हिड्ने विचार गर्‍यो दाजुको माया लाग्यो।म निर्दोष छु तर परिबन्धमा परे।ठीकै छ बसाइ हिड्दिन।असारको महिना थियो ।दाजुको उत्तर भाइको दक्षिण साँध गरेका खेत थिए ।दाजुले एकहप्ता पहिले देखिनै बिउ खेताला ठीक पारेको थियो।बेलुका खेतमा अलिअलि पानी बढी थियोे ।बिहान पानी खोल्छु।

बिहान आएर हेर्छ त भाइको खेत डुबेकोछ।सबै समाहा काटेको छ।रोपाइ भएन।दाजु चौपट्टै रिसायो।भाइ छक्क पर्‍यो ।दाजु विचार गर्छ।अरुले पानी चोरेको छैन ।पानी भाइको खेतमा मात्र सिमित छ।असारको पानी हो हल्ला गर्दिन।धानको कारणले भाइको मात्र होइन मेरो पनि त बदनाम भएकोछ।भाइलाई कस्तो कति पीर परेको छ ? अनुमान गर्न सकिदैन ।

अनुभव गर्नुपर्छ ।कति रात निदएन? कति छाक खाएन? कतिदिन बाहिर मुख देखाएन?कति सिरानी भिजे होला? कति आँसु बगेहोला? बाबु जस्तो दाजु तर बिडम्बना परिबन्धमा पर्‍यो ।अबभने दाजुभाइका बिचमा पनि भुसको आगो सल्क्यो।बोलचाल पूर्ण रुपमा बन्दभयो तर बाहिर हल्ला गरेनन् ।भाइले माफी मागी रह्यो तर दाजुले वास्ता गरेन।समय चक्र न हो आफ्नै रफ्तारमा घुमी रह्यो घुमी रह्यो।


माघको महिन थियोे ।भाउजू बिरामी भएर ओछ्यान परिन् ।जोडिएका घरछ्न त्यो पनि दाजुभाइका तर आउनेजाने त परै जावस बोलचाल पनि छैन ।तै दाइले बोलाइ हाल्छ्न कि भनेर बाटो हेरीरह्यो।दाइले बोलाएनन।आफू जाँदा वास्तै गर्दैनन् ।एकदिन बेलुका श्रीमतीले भनिन -"दिदी बिरामी हुनुहुन्छ ।मसंग पैसा छन।दिदीलाई अस्पताल लानुहोस।हाम्रो कर्तव्य हो।हुनेकुरा हुँदैजान्छ।

न बिराउनु न डराउनु।हाम्रो घर म हेर्छु,दाजु आँफ्नो घर।बिहान एम्बुलेन्स आयो।दाजु हेरीरहेका थिए ।जोइपोइ मिलेर बिरामीलाई गाडीमा चढाए।गाडी हिड्यो।दाजु भने एकोहोरो पाराले गाडीलाई हेरीरहे।एक शब्द पनि बोलचाल भएन।छक्क परे!! पाठेघर खराब भएकोछ।तुरुन्त अपरेसन गर्नुपर्छ ।बिरामी ल्याउन ढिलो भयो।

पैसा र रगतको व्यवस्था गर्न सल्लाह दिए।संयोग रगत मिल्यो आफैले दियो।अपरेसन सफल भयो।भाउजूको दिसा पिसाब स्याहारेर १५ दिन अस्पतालमा बितायो।भाउजूलाई घर लिएर आयो।अबभने अलेली बोल्ने जानेआउने सुरुभयो।देउरानीले जेठानीको मजाले स्याहार गरिन । दाजुले अस्पतालको खर्चका बारेमा कुरो झिकेनन।भाउजू पूर्णरूपमा निको भइन।भाइले ठग्छ भन्ने शंका दाजुलाइ थियो ।

एकदिन दाजुले कति खर्च लाग्यो भनेर सोधे।विलभर्पाइ दियो।जोडेर आधा पैसा दिनु।भाउजू मेरी आमा जस्तै हुन।दाजुले पुरै पैसा दियो तर लिन मानेन।दाजु छ्क्क पर्‍यो अबभने राम्रैसंग आउने जाने बोल्ने खुल्यो।एकदिन भाइले दाजुको आगनमा तोरी सुकायो।त्यहाँ घाम थिए ।उठाएको तोरी दाजुकै पिडीमा थियो।लान तोरी उचाल्दै थियोे ।आगोको हल्ला आयो।बाल्टी बोकेर दौडे।फर्कदा राति भयो।तोरीको होसै भएन।बिहान उठेर हेर्दा तोरी छैन ।हल्ला गरेनन।फेरि भाइ कै ग्वालीमा तोरी भेटियो ।

अबभने तीन चित खाए।दाजुभाइ देउरानी जेठानी चारैजना एउटै कोठामा जम्मा भएर एकले अर्कोलाई अंगालो हालेर पछुताएर धेरै बेरसम्म रोए।पटकपटक पछुताए।अनुभव गरौ कस्तो माहोल सिर्जना भयो ? यो हामीमाथि कसैले षड्यन्त्र गर्दैछ।कसरी पत्ता लगाउने?हामी चारै जना मिलेर गाउँ घुम्नुपर्छ।फेरि उसले षड्यन्त्र गर्छ।सादा ७/८ मिटरकपडा ल्याउँ बुट्टा संग ठ्याक्कै मिल्नेगरी पक्की रङले चिन्ह लगाउँतोरी र त्यो कपडा बाहिर राखौ।त्यो कपडा त्यसले लगाउँछ।

अनि फेलापर्छ।तीनचार महिनाको इन्तजार पछि कपडा हरायो चियोचर्चो गर्दै थिए ।५महिना पछि त्यही झगडा गर्ने मान्छेले पो लगाएको छ बा !!! अब के गरौ? त्यो उसले जरिवाना तिरेको पैसा फिर्ता गरौ।हामीबाट गल्ती भयो भनेर माफ मागौ।हात जोडौ तर गोप्य रूपमा ।पैसा फिर्ता दिए।माफ पनि मागे।अबभने त्यसको मुटुमै पहिरो जान थाल्यो।खान निदाउन छोड्यो।

आफूलाई हेर्छ,उनीहरूलाई हेर्छ तुलना गर्छ।खप्न सकेन ।श्रीमतीलाई सबै कुरा बतायो।श्रीमतीले भनी --"तिमी पापी छौ भन्ने थाहा थियोे तर माहा पापी र अपराधी पनि पो रहे छौ त।अब माफ माग्नुपर्छ भनेर दिनप्रतिदिन दवाब दिन थाली श्रीमतीले। एकदिन बेलुका सुटुक्क कसैले थाहा नपाउने गरि गए।हामीले जानेनौ।

माहा गलती भयो।माफ दिनुहोस् भनेर माफ मागे।धेरैबेरसम्म रोए।पैसा फिर्ता दिए तर लिन मानेनन।पैसा फ्यांकाफ्याक गरे।भोलि बिहान हामी छ्जना मिलेर देवीका मन्दिरमा जानुपर्छ ।यो पैसा चढाउनु पर्छ।देवीसंग माफ माग्नुपर्छ।दाइ।मैले नै समाहा काटेको हु।

धान लगेर भाइका ग्वालीमा राखेको हुं।तोरी पनि र कपडा पनिआज उप्रान्त म कसैलाई पनि यस्तो गलत हर्कत गर्ने छैन ।तपाईहरुले मलाई कुट्नुसम्म कुटेर जेल पठसुनुपर्ने ठाउँमा फूलमाला पो लगाइ दिनुभयो।अब गलत काम गर्ने छैन ।यो मेरो प्रतिज्ञा हो।निकै बेरसम्म रोयो।मलाई कान्छो भाइ मानिदिनुहोस।आजबाट तीन भाइ बनौं ।भोलिपल्ट बिहान छ्जना मिलेर धुमधामसंग पूजापाठ गरे।

निष्कर्ष :

१.कहिलेकाही आँखाले प्रत्यक्ष देखेको कुरा पनि
झुठो हुनसक्छ त्यसैले धेरै सोचविचार गरेर मात्र निर्णय लिनुपर्छ ।

२.प्रेमले माहा शत्रुलाई पनि माहा मित्र बनाउन सकिन्छ ।
सहजमा दाजुभाइलाई हेला गरेपनि असहजमा
गुहँमुत सोहोर्न त्यै दाजुभाइ चाहिन्छ।

पाठक माहानुभावहरुलाइ नमस्कार !!!!
धन्यवाद !धन्यवाद !धन्यवाद