एजेन्सी । बलिवुड प्रायत: आफूलाई चर्चाको केन्द्रमा राखीरहन्छ । समबन्धको कुरा होस्च, प्रेमका कुरा हुन्, चलचित्र निर्देशक र नायिकाबीचको द्वन्द होस्, सेलिब्रेटीहरुको आफ्नालाई काखा गर्ने प्रवृति होस् या राजनीतिक एजेन्डाहरु हुन्, बलिवुड विवादमा तानीइरहन्छ ।

सन् १९९० को दशक देखि शुरु भएको सौन्दर्य प्रतियोगिता अन्तर्गतकै पुन: मिस इन्डिया प्रतियोगिता विवादित बनेको छ । चर्चित अभिनेत्री प्रियंका चोपडा,ऐश्वर्या राय, सुष्मिता सेन लगायत कलाकार यस प्रतियोगिताका कारण नै आफ्नो हाइ प्रोफाइल जीवन बाच्न सफल भइरहेका छन् ।

यो वर्षको प्रतियोगिताको फाइनलमा पुगेका ३० युवतीहरुको एक सामूहिक तस्बिर, जहाँ उनीहरु एकै प्रकारका देखिएका साथै उनीहरुको छालाको रंग गोरो रहेको विषयलाई लिएर विवाद शुरु भएको छ । आलोचकहरुले प्रतियोगिताका आयोजकले छालाको रङलाई प्राथमिकता दिइरहेको आरोप लगाइरहेका छन् ।

‘द टाइम्स अफ इन्डिया’ पत्रिकामा प्रकाशित कोलाजमा ३० सुन्दर युवती उभिएका छन् । यो पत्रिका आयोजक समूहकै हो ।

तर जब एक ट्वीटर प्रयोगकर्ताले यो कोलाज पोस्ट गर्दै प्रश्न सोधे, ‘यो तस्बिरमा के गलत छ ?’ तब यो तस्बिरमा धेरैले ध्यान खिच्न शुरु गर्यो ।

काँधमा खसिरहेको चम्किलो कपाल, सबैजना गोरा देखिन्छन् । कतिले सबै एकै प्रकारका देखिने बताए ।