इ.मनोज अधिकारी
बिराटचौक,६भाद्र। पुर्वपश्चिम महेन्द्र राजमार्ग स्थित बिराटचौकमा रहेको रोड भत्किएर स्थानीय बासिन्दाहरुलाई यसको असर पर्न थालेको छ । यसरी जनजीवनमा असरपर्न थालेपछि सुन्दरहरैचा १२ का युवा इन्जिनियर सुरेशकुमार श्रेष्ठले आफ्नो फेसबुक मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन ।

सडक भत्किएको कारण जथाभावी गाडि कुदाइदिने र त्यसबाट दुर्घटना निम्तिने खतरा बढेको र धुलाम्य समेत भइ त्याहा छेउ छाउमा बस्न नसकिने अवस्था रहेको इन्जिनियर श्रेष्ठले बताए ।
पुरानो सडक राम्रो हुदा हुँदै के मनसायले हो पुन त्यसमाथि रोड थपेपछी झन पुरानो रोड समेत एक बर्षदेखि भत्किएको इन्जिनियर श्रेष्ठको भनाइ रहेको छ । लकडाउनको समय छ सम्बन्धित निकायमा जान नसकिने भएको हुदा फेसबुकबाट भनी सम्बन्धि निकायको ध्यान आकर्ष गर्न अभियान सुरु गरिएको श्रेष्ठले बताए ।
बन्दाबन्दिको समयमा सडक खाली हुनु अनि अनियन्त्रित मालबहाक सवारिको गतिले खाल्डाखुल्डिका कारण कम्पन पैदाभइ राजमार्ग सडक खण्डका घरको जगमा समेत असर पर्न सक्ने र त्यसले अर्को बिपद आइपर्ने कुरालाई नकार्न नसकिने भुकम्पिय बिपद ब्यबस्थापन बिज्ञ ई. मनोज अधिकरीको राय छ।
पुर्वको खोर्साने देखि पश्चिम बलिया सम्म रोडलाई थप मर्मत गरेको थियो भने त्यही स्थानमा सवारी साधन तथा सर्वसाधारणलाई आवत जावतमा समस्या परेको छ । मुख्य राजमार्गमा काम पाएका ठेकेदार को लापरवाही र पानीको निकासको समस्याले यस्ता समस्या बर्सेनि आउने गरेका छन। सकिन्छ दिघो समाधान खोजौ सकिन्न तत्काल को समस्यामा ध्यान दिऔ। बन्दाबन्दी को समयलाई सडक मर्मत सुधार मा सदुपयोग गरौ भन्ने भनाइ श्रेष्ठको पोष्ट्लाइ साभार गर्दै अन्य युवाहरूको प्रतिक्रिया आउन थालेको छ ।



