मिलन!!!
तराइको कुनै ठाउँको कुनै गाउँमा दुई छिमेकीछिमेकी थिए ।छिमेकी त नजिकको दाजुभाइ सो सरह हुन्छ।सुखदुःखको पहिलो साथी अनि सहयोगी पनि ।अरु आफन्त भन्दा पहिलो पल्ट घरमा आइपुग्ने।ती दुई छिमेकीको सम्बन्ध ठीकठीकै थियो ।छिमेकी छिमेकी भएपछि त करलागि पनि मिल्नु पर्ने बाध्यता हुन्छ।हुन्छ नि?हुँदैन र? जेजे होस समयको चक्र घुमिरहेकै थियो ।


एउटा छिमेकीको साँध खन्ने अनि मिच्ने बानी थियो ।हलोले कोतरेर जोत्ने,कोदालोले खन्दा कोपरेर खन्ने।त्यतिले मात्र नपुगेर हँसिया नै ठूलो बनाएको थियो ।घाँस काट्ने निहुँमा माटो सहित काट्ने ।गोड्ने निहुमा आलीमुनी कोपर्ने अनि हिड्ने निहुमा कोपरेको ठाउँको माटो तल झार्ने ।जतिजति पटक खनजोत हुन्छ त्यतित्यति पटक नै साँध मिच्ने ।छिमेकीले सम्झायो यसो नगरौ दाइ! तर टेरेन।समाज जम्मा गर्‍यो । समाजले सम्झायो तर पनि टेरेन।समाजले पटकपटक सम्झायो तरपनि टेरेन।आफ्नो बानी छोडेन ।समाज पनि वाक्कदिक्क भयो।


साँध मिच्ने छिमेकी एक महिनाको तीर्थयात्रामा निस्क्यो ।अर्को छिमेकीले नापेर दस फिट तल त्यै आली खनेर सार्‍यो।पुरानो आलीको डोबमा बाहिर नदेखिने गरेर किला पनि गाड्यो।अनि जोतेर बाली लगायो। यात्राबाट आएपछि खेतमा जान्छ त छिमेकीले छिमेकीले गर्नसम्म गरेको छ। रिसायो खट्पटायो।सिधै गएर झगडा गर्न सकेन।समाज बोलाउन पनि सकेन ।मनमा कुरा खेलाउन थाल्यो । मैले पाँच पैसाको साँध खनेकी खनिन।उसले त पाँच रुपिया भन्दा पनि बढी साँध मिच्यो।त्यो पनि परिबन्धमा पारेर ।


कसैलाई आफूले पाँच पैसा ठगे अरुले त्यसैलाई पछ्याउँदै पाँच रुपैया ठग्ने रहेछन् ।आज म किन निरीह छु?अरुको सम्पत्तिमा बिनाकारण लोभ गरेको कारणले हो।छिमेकीको चित्त दुखाएको छु। समाजको निर्णय पटकपटक उलंघन गरेर समाजको अपमान गरेको छु।आज म अन्यायमा परेको छु तर उजुर गर्न सकिन।किन सकिन?


अरुको वस्तुमा बिनाकारण लोभ गरेर आफ्नो इज्जत प्रतिष्ठा गुमाएको छु।त्यसैले म चाउरीएको छु। मलाई लाग्थ्यो त्यो भन्दा म धेरै बाठो छु।उ त मभन्दा धेरै गुणा बाठो रहेछ।कामले नै प्रमाणीत गर्‍यो ।मुखले बाठो छु भन्नै परेन।सानो कुरामा लोभ गरेर ठूलो कुरा गुमाए । माफ माग्नु बाहेक मेरा अरु कुनै उपायहरू छैनन् ।माफ नै माग्छु।सरण पर्छु।गलती स्विकार गर्छु।यस्तैयस्तै सोच्दासोच्दै महिनौ बिते।

नभन्दै एकदिन बेलुका गएर माफ माग्यो।अब उपरान्त साध नखन्ने प्रतिज्ञा गर्‍यो ।अरुको वस्तुमा लोभ नगर्ने पनि कबुल गर्‍यो ।बिहान दुई छिमेकी मात्र भेला भए।खन्न लगायो किलाहरु भेटिए।यो हाम्रो पुरानो सिमाना हो।तिमीलाई गलती महसुस गराउन मैले यसो गर्नुपरेको हो। दुवै मिलेर पुरानो साँधमा आली लगाए।नयाँ आली भत्काए।झगडा मिल्यो अनि दीर्घकालीन मिठो मिलन भयो।
 

निष्कर्ष
१ .आफूलाई निकै बाठो चतुर सम्झेर अरुलाइ पाँच पैसा ठग्यौ भने त्यही कमजोरी पछ्याएर आफूलाई पाँच रुपिया ठग्छ्न।
२ .साध मिच्ने,साध खन्ने बानी सार्‍है निच दुष्ट ,लोभको पराकाष्ठा ,घृणित दुश्कर्म हो त्यसैले साध नमिचौ,नखनौ।
३ .आफ्नो गलती स्वतस्फूर्त स्वीकार गरेर मिल्नु भन्दा ठूलो अदालत संसारमा काहिँकतै पनि छैन? छ त?
           सल्लाह सुझाव दिनुहुने माहानुभाव हरुलाइ मुरीमुरी शुभकामना ।जयजयहोस सबैको जयजयहोस!!