बिगत केही दिन एता सुन्दरहरैचा नपा क्षेत्र भित्र पर्ने पुर्बपश्चिम लोकमार्ग सडक खण्डको दुराबस्थालाइ लिएर पक्ष र विपक्षको अबस्थामा सृजना भएको देखिन्छ।दलगत नेतृत्वको आधारमा पक्षहरु बिभाजित भै आरोप र प्रत्यारोप कै तहमा उत्रिएको देखियो।समस्याको राजनितिकरण गर्ने र स्वामित्व बाट तत्काललाई पन्छिने अनि पछि गएर जस लिन तछाडमछाड गर्ने हाम्रा नेतृत्वको पुरानै बानी हो।
कुरा क्षेत्राधिकारमा आएर अडिएको देखिन्छ ,समस्यामा होइन।एक पक्षको लागि यो मेयरको होइन यस क्षेत्रका प्रादेशिक र संघीय संसदको दायित्व हो।अर्को पक्ष ठान्छ मेयरको अकर्मण्यता। चालित र परिचालितहरुको आ आफ्नै झोला अनुसारको हल्ला बोल।सामुहिक जिम्मेवारी र दायित्वबोध नभै दुने राजनितिको परिणाम हो यो र येस्ता समस्याहरु। समस्या अमुक हैन साक्षात छ। सर्बसाधरण पिडित छ्न अझ आसपासका त झनै प्रतक्ष्य रुपमै।स्वभावतः पहिलो प्रश्न स्थानीय नेतृत्वलाई जान्छ। जस्ले जुन तरिकाले प्रश्न उठाए पनि आँखा अघिको समस्या भएपछी नेतृत्वले अग्रसरता लिने हो।
क्षेत्राधिकार खोज्ने, समन्वय र सहजीकरण गर्ने हो। सम्बन्धित निकायलाइ दबाब दिने हो। नेतृत्वले बक्तब्यबाजी हैन काम गर्ने हो।अर्को कुरा इतरको नेतृत्वलाई प्रश्न उठेको छ। उस्को तेजोबध भैरहेको छ।हामी, हेर्ने आबस्यक परे मसला थपिदिने भनेर प्रदेश र संघका नेतृत्व विशेष गरि जनप्रतिनिधिले चुप्पी साध्ने नि घोर निन्दनीय छ। समस्याको हावा दिएर तावा सेक्ने काम नगरौ।तहगत विविधता लोकतन्त्रको सुन्दर पक्ष हो। स्थानीय, प्रदेश अनि केन्द्रमा फरक दलको नेतृत्व जनताले दोसारोपण, आरोप प्रत्यारोपका लागि हैन समन्वय र चेक एण्ड ब्यालेन्सका लागि दिएको जनमतका रुपमा बुझ्नु पर्ने देखिन्छ।
जनताका समस्यामा सहकार्य, पहिचान र निदानको विधि अनि अनियमिततामा एक अर्काको खबरदारि गर्ने आजको आबस्यक्ता र जनचाहना हो। त्यसैले मुख्य कुरा बिकास अनि सुशाशन हो।समस्या आए पछि सबै निकाय एकसाथ आउनु पर्यो, हल गर्नुपर्यो।नकि चार दिशा फर्केर धारे मुख लगाउने।
सडक बिभागको जिम्मेवारी हो भने त्यस्लाइ घचघच्याउने र दबाब दिने कस्ले?हामी आफै जुलुस लिएर जानू पर्ने हो कि हाम्रा वार्ड, मेयर, प्रदेश सांसद आदि मार्फत नि हामी दबाब राख्न सक्छौ?केन्द्र्बिन्दुमा समस्या हुनुपर्छ त्यस्को वरिपरि हाम्रा नेतृत्व।कम्तिमा एस्ता प्रतक्ष्य जनसरोकारका समस्याहरुमा नागरिक स्तरबाटै आवाज उठे पछि समाधानको दिशामा सबै पक्षको मतैक्य हुनुको साटो आरोपबाजि हुनु दुखद कुरा हो।




















