लामो राजनीति यात्रा पार गरिसक्नु भएका तत्कालीन नेकपा एमालेका केन्द्रीय सचिव तथा पूर्वमन्त्री हाल नेकपा पार्टीका स्थायी कमिटी सदस्य तथा पार्टीका १ नम्बर प्रदेश इन्चार्ज कमरेड भीम आचार्य मुख्यमंत्री हुने लगभग निश्चित भईसकेकोले अबको प्रदेश सरकार को फेरवदलमा आचार्यलाई मुख्यमन्त्री बनाउन पार्टी नेतृत्व को तयारी रहेको छ ।
आचार्य मुख्यमंत्री बनेपछि प्रदेशले एउटा क्षमतावान कुशल योजनाकार अनुभवी राजनीतीज्ञ परिपक्व अभिभावक पाउनाले अहिले प्रदेशमा देखापरेका सबै समस्याहरु हल हुने १ नम्बर प्रदेशबासीको मत रहेको पाईन्छ । पार्टीकै शिर्ष नेताहरुको अनावश्यक हस्तक्षेपले पार्टीका परिपक्व राजनीतीज्ञ कुशल रणनीतिकार स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश का ईन्चार्ज भीम आचार्य लाई मुख्यमन्त्री नबनाएकोमा सबैले पछुतो भएको गुनासो अहिले पार्टीको उच्च तहमा आईरहेको र त्यही सन्दर्भमा पार्टीको हाईकमानलाई नै १ नम्बर प्रदेश को र बाग्मती प्रदेशको मुख्यमंत्री फेर्न दबाव परिरहेको छ ।
हालका नेकपा का शीर्ष नेताहरु केपी शर्मा ओली माधव कुमार नेपाल झलनाथ खनाल बामदेव गौंतम सुवास नेम्वाङ्गका आचार्य समकालीन हुनुहुन्छ । आचार्यले राजनीति मा गरेको त्याग निरन्तरता उहाँको योगदानको उच्च मूल्यांकन पार्टीले गर्न सक्नुपर्छ । पूर्वमन्त्री आचार्यको कुशल संगठन गर्न सक्ने क्षमताले आज नेकपा देशब्यापी रुपमा शशक्त पार्टीको रुपमा अगाढी बढीरहेको छ ।

आचार्यले यस कोरोनाको महामारीमा पनि आफ्नो ज्यानलाई जोखिममा राखी राहत वितरणमा रात–दिन खटेको कुरा चानचुने छैन । त्यति मात्र होइन बाढीपिडीत हरुलाई कटान क्षेत्र मै गएर राहात वितरण तथा पुनर्स्थापित गर्नु भएको छ । हिजोको निर्वाचनमा आचार्यको अहोरात्र खटाईले १ नम्बर प्रदेशमा तीनै तहको चुनाव स्थानीय प्रदेश र केन्द्र मा अहिलेको नेकपालाई पहिलो तथा बलियों शक्ति को रुपमा उदय गराउनु भयो ।
मुलुक संघीयतामा गएपछि हाल हामी कहां सात वटा प्रदेश सरकारले काम गरिरहेकोमा ६ वटामा नेकपा को नेतृत्व को सरकार भएता पनि प्रदेश नम्बर १ को नेतृत्व मा प्रश्न उठेको छ, यो प्रदेश का मुख्यमन्त्री शेरधन राईको अपरिपक्व नेतृत्व ले गर्दा प्रदेश को विकास निर्माणले गति लिन नसकेको अवस्था छ । अहिले सम्म यो प्रदेश को नाम राख्न नसक्नुमा मुख्यमंत्री राईको कमजोरी रहेको बुझिन्छ ।
नेकपा एमालेको केन्द्रीय सचिवमा भारी मत ल्याएर निर्बाचित हुनुभएका आचार्य लाई मुख्यमन्त्री बनाउन पार्टी नेतृत्व गम्भीर हुन आवश्यक छ । पार्टी को लागि सिंगों जीवन व्यतीत गर्नुभएका आचार्य र महिला नेतृ अष्टालक्ष्मी शाक्य लाई पार्टीले छिट्टै मुख्यमंत्री बनाओस सबै को चाहना यही छ ।
आचार्यको लामो राजनैतिक अनुभव लाई प्रदेशको विकासमा लगाउन सके १ नम्बर प्रदेशलाई नेपालकै नमुना प्रदेश बनाई संघीयतालाई नै बलियो बनाउन सकिन्छ । यि माथिका कुराहरु बांट के स्पष्ट हुन्छ भने नेकपा आदरणीय नेता भीम आचार्य साच्चै नै महाभारतका पाण्डु पुत्र भीम कै रुप हो भन्ने आभास हुन्छ ।




















