राष्ट्रिय झण्डा देशको परिचय दिने प्रतीक हो। यो जनताको स्वाभिमानको छहारी हो।
यसलाई फरफराउँदै पुर्खाले नेपाल निर्माण गरे, ऐतिहासिक दायित्व पूरा गरे अनि फिरङ्गीहरूलाई नेपालमा ढिम्किन दिएनन्।
यसैकारण आज नेपालसँग बदला लिन हामीलाई उराल्दैछ फिरङ्गीले, अनेक जाति-उपजातिमा विभाजन गर्दै।
एक पटक आत्मसमिक्षा गरौं! आफ्नो पहिचानको नाममा गरिएका कार्यले हाम्रा प्राकृतिक धर्म तथा परम्परालाई नाश गर्दैछ।
विदेशी धर्मले हाम्रै आफ्नो पहिचान र धर्म मेट्दैछ। र, आफ्नो मात्र पहिचानको नाममा गरेका कार्यले ऐतिहासिक धाराबाट प्रवाहित र निर्मित भावनामा हमला गर्दैछ।
इतिहासमा कसले हार्यो कसले जित्यो, त्यसको लेखाजोखा गर्नैपर्छ, तर बदलाभावले होइन। बदलाभाव संस्कृतिलाई हाम्रो सभ्यताले जन्माएको छैन। सहिष्णुता हाम्रो संस्कृति हो, यसैले सिध्दार्थ गौतम बुध्द बन्नसके। जसले बुध्द हाम्रा हुन् भनेर परायासँग तर्क गरिरहेको छ, त्यसले बदलाभाव राख्न हुँदैन।
जे जसरी होस्! इतिहासबाट निर्मित जवरदस्त बनिसकेको एक प्रतीक ढालेर हाम्रो पहिचान र स्वभिमान उठ्न सक्दैन। यसर्थ अन्य पहिचान र प्रतिकहरू थप गरौं, जसले हामी सबैको पहिचान र स्वभिमानलाई उचाइमा पुर्याओस्।
सबैकाे, सह-अस्तित्व, भाईचारा, मेलमिलाप, धार्मिक सहिष्णुता, अापसी सद्भाव र राष्ट्रिय एकतालाई अघि बढाउनु बाहेक विकल्प अब हामीसँग छैन।
नवल खड्का सिमानामा काँडेतार अभियान का अभियान्ता एवम्
नायक/ निर्माता- चलचित्र कलाकार संघकाे नि. अध्यक्ष हुनुहुन्छ ।



















