बिराटचौक,१२ भाद्र । मोरङको सुन्दरहरैंचाका युवाहरुले निम्न वर्गका मानिसको राहतका लागि ‘फुड बैंक’ शुरु गरेका छन् । शुक्रबार सुन्दरहरैंचास्थित विराटचोकमा युवाहरुको एक समुहले ‘फुड बैंक’ शुरु गरेको हो ।

कोरोना भाइरसका कारण सरकारले लकडाउनको घोषणा गरेपछि दैनिक रोजगारी गरीखाने परिवारमा आर्थिक संकट परेकाले विपन्न, असहाय, अशक्त परिवारलाई यो कार्यक्रमबाट राहतहुने भएको छ ।

दुख मा परेका परिवारलाई दाल, चामल र नुन, तेललगायत खाद्यान्न राहत स्वरुप सहयोग गर्ने उद्देश्यले स्थापना गरेको कार्यक्रम संयोजक राजीव रिमालले बताए ।‘हुनेले दिएर जाऔंं, नहुनेले लिएर जाऔँ’ भन्ने नाराका साथ अभियान सञ्चालन गरिएको समितिले बताएको छ ।

संयोजक रिमालका अनुसार लकडाउन अवधिभर दैनिक बिहान १० बजेदेखि १२ बजेसम्म यो सेवा सञ्चालन हुने छ । यसका लागि ८ जना युवाको टोली बनाएर सेवाभावका साथ लागिपरेको उनी बताउँछन् । प्राथामिकताका आधारमा अति विपन्न र अशक्तलाई प्राथमिकतामा राखी खाद्यान्न उपलब्ध गराइने भएको छ ।

कार्यक्रम ब्यावस्थापनको लागि ८ सदस्यीय समिति गठन :

बिराटचौकमा फुड बैंक संचालनका लागी राजिव रिमालको संयोजकत्वमा ८ रहेको समिति गठन भएको छ ! समितिको सदस्यहरूमा संदिप थापा, अमृत पाठक ,संजय थापा, निशान राई, बिनायक ढकाल,युवराज फुयल र रन्जु लिम्बू रहेका छन !

शुक्रवार गठन भएको समितिलाई बिराटचौकका स्थानिय समाजसेवी तथा नेपाली कांग्रेस मोरंग जिल्ला सदस्य मिनप्रसाद फुयल तथा तरूणदल नगर सभापति प्रकास श्रेष्ठले हौसला प्रदान गरेका छन ।

यसका लागि नगरका विभिन्न संघसंस्था, तथा सहयोगी मनभएका माहानुभावहरु सँग समेत सहकार्य गरेर राहत सामग्री संकलन गरिसकेको संयोजक रिमालले बताए ।