इटहरी,१४ भाद्र / शनिबार मोरङको केराबारीस्थित खदम खोलामा सञ्चालित क्रसर उद्योगमा निकै चहल पहल थियो। त्यहाँ खोला डनहरु(क्रसरवाला)को चुरीफुरी हेर्न लायक थियो। चहलपहलको कारण थियो त्यहाँ शनिबारे भोज चल्दै थियो।
नजिकैको गाउँमा मारिएको बँदेलको मासु ल्याएर शनिबार खदम खोला किनारमा भब्य जाँडपार्टी चल्दै थियो, जाँडपार्टीमा इटहरीका ‘ठुला ब्यवसायी’ भिम पौडेललाई निम्ता दिईएको थियो। पार्टीमा सहभागी हुन गएका ब्यवसायी पौडेललाई कोरोना भाईरसबाट केराबारी गाउँपालिकालाई जोगाउन गाउँपालिकामा स्थानीयले गठन गरेको सुरक्षा समितिले रोकेपछि पौडेल फर्किए।
त्यसपछि आफ्ना ‘अभिभावक’ लाई फर्काएको झोँकमा क्रसर डनहरु केराबारी ८ का आँफुलाई समाजसेवी भन्न रुचाउने तथा नेपाली काङ्ग्रेश मोरंग जिल्ला सदस्य बृष थापा अनि केराबारी ७ का क्रसर डन (उनि पनि आँफुलाई समाजसेवी भन्छन्।) केशव बराल रक्सीले टिल्ल भएर आँमजुँगी नाकामा बसेका स्थानीयलाई हप्कीदप्की गरेका छन्। (हप्कीदप्कीको भिडियो सुरक्षित छ)
क्रसर डनहरुले त्यहाँ बसेकाहरुलाई हप्कीदप्की गरिरहँदा अनुगमनमा पुगेकी गाउँपालिका उपाध्यक्ष शान्ति लिम्बु (भुजेल) लाई पनि गुण्डागर्दी शैलिमा जाईलागेका थिए। उनिहरुले आँफुहरुले निर्वाध रुपमा हिड्डुल गर्न पाउनुपर्ने भन्दै दादागिरी देखाएका छन्। प्रदेश प्रोटलबाट


