बिराटचौक ,१४ भाद्र । मोरंगको केराबारीमा तेश्रो चरणको निर्मलीकरण भएको छ। नेकपा निकट युवा संघ केराबारी पालिका कमिटीद्वारा आइतबार बिहान ७ बजे देखि निर्मलीकरण गरिएको हो ।
," राष्ट्रिय युवा संघ नेपाल जनताको साहरा " "कोरोना भाइरस विरुद्ध हामी सबैको नारा" भन्ने मूलनारा को साथ केराबारी बजार, भित्र रहेका धेरै जमघट हुने घरहरु,पसल,पाटीपौवा ,हार्डवेयर,स्वास्थ्यचौकी,मेडिकलहरु,केराबारी वडा नम्बर १० को हिमालय टोल बिकास सस्थाको केहि मुख्यमुख्य क्षेत्रहरुमा निर्मलीकरण गरिएको युबा संघका नेता बिबेक भुजेलले बताए ।
सो अभियानमा अनेरास्ववियुको पनि साथ रहेको नेता संगम कन्दंगवाले बताए । केराबारीका युवाहरु कोभिड 19 बाट कसरि बच्ने र बचाउने भनेर अभियानमा लागि परिरहेका छन् भने बाहिरि मानिसहरुलाई आवत जावतमा गाउपालिकाले रोक लाएको अवस्था छ तर त्यहि नाकामा नेपालि कांग्रेशका जिल्ला स्तरिय नेताले रक्सि खाएर आएर बाहिरी मान्छेलाई भित्राउन नपाउदा बबाल मच्चाएको भन्दै स्थानीय बासिन्दाहरुले गुनासो पोखे ।
शनिबार मोरङको केराबारीस्थित खदम खोलामा सञ्चालित क्रसर उद्योगमा चल्दैगरेको भोजमा क्रसर ब्यावसायी तथा नेपालि कांग्रेश का नेता भिम पौडेललाइ स्थानिय बासिन्दाले प्रवेसमा रोक ,लगाए पछि नेपालि कांग्रेशका जिल्ला सदस्य बिर्खबहादुर थापा रक्सीले टिल्ल भएर आँमजुँगी नाकामा बसेका स्थानीयलाई हप्कीदप्की गरेको संचार माध्यमहरुले समाचार लेखेका छन् ।



