बिराटचौक,२२ भाद्र । मोरङको सुन्दरहरैचा नगरपालिकाका नगर प्रमुख शिवप्रसाद ढकालले ४४ औ वार्षिक उत्सवको अवसरमा वृक्षारोपण र नगरवासी लाई खाद्यान्न लगाउने कपडा वितरण गरेका छन् ।

उनले आफ्नो जन्मोत्सव पहिलो पटक नगरवासीको साथमा सामाजिक काममा रुपान्तरण गरेका छन् । उनले नगरको वडा नं ९ मा रहेको सिराजुल उलुङ माविमा अति विपन्न मुस्लिम समुदायमालाई कपडा फलफुल वितरण गरेका छन् । साथै सो अवसरमा प्रमुख ढकालले वडा नं ९ मै रहेको श्री कृष्ण मन्दिर बाल सेवा आश्रमलाई पनि विभिन्न सामग्री दिने घोषणा गरेका छन्।

उनले वडा नं ५ मा रहेको वृन्दावन गौशालामा विभिन्न जातका फलफुलका बिरुवा, खाद्यान्न साथै डस्ट्बिन हस्तान्तरण र बिरुवा समेेत रोपेका छन् ।
 
आफ्नो ४४ औ जन्मोत्सवमा उनले ४४ जनालाई खाद्यान्न वितरण गर्नुका साथै ४४ वटा विभिन्न जातका बिरुवा समेत रोपेका थिए । आफ्नो स्वर्गीय माताको सम्झनामा समेत आफ्नो जन्मोत्सवको अवसर पारी सो कार्यक्रम गरेको नगरप्रमुख ढकालले बताएका छन् ।