इंग्ल्याण्डका क्रिस वोक्सले जारी आइसिसी विश्वकपमा सोमबार पाकिस्तानविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै कीर्तिमानको किताबमा आफ्नो नाम लेखाए। उनले पाकिस्तानविरुद्धको खेलमा ३ विकेट लिनुका साथै चार क्याच समेत समाते। त्यससँगै उनी जारी विश्वकपमा चार क्याच समात्ने पहिलो खेलाडी बने।

३० वर्षिया वोक्स यसपटक दोस्रो विश्वकप खेल्दैछन्। पछिल्लो विश्वकपमा पाँच खेल खेलेका उनले एकमात्रै क्याच लिएका थिए। यसपटक भने दोस्रो खेल खेल्दै उनले चार क्याच समाते। यस खेलमा उनले इमाम उल हक, बाबर आजम, मोहम्मद हफिज र सर्फराज अहमदको क्याच समातेका थिए।

त्यससँगै उनले विश्वकपको ४४ वर्षे इतिहासको एउटै म्याचमा ३ विकेट लिनुका साथै ४ क्याच समात्ने पहिलो क्रिकेटरको कीर्तिमान बनाए। वाक्सले सर्फराजको क्याच आफै समातेका थिए भने त्यसबाहेक शोहब मलिक र वहाब रियाजलाई पवेलियन पठाएका थिए। ८ ओभर बलिङ गरेका उनले १ ओभर मेडन राख्दै ७१ रन खर्चेर ३ विकेट लिएका हुन्।

एकै खेलमा चार क्याच समात्नेमा भने वोक्स चौथो खेलाडी हुन्। विश्वकपको एउटै खेलमा चार क्याच समाप्ने पहिलो खेलाडी भने भारतका मोहम्मद कैफ हुन्। उनले २००३ मा श्रीलंकाविरुद्ध चार क्याच लिएका थिए।

त्यसपछि २०१५ को विश्वकपमा बंगलादेशका सौम्य सरकार र पाकिस्तानका उमर अकमलले पनि चार चार क्याच समातेका थिए। सौम्य सरकारले स्कटल्याण्ड र उमरले आयरल्याण्डका विरुद्ध क्याच समातेका थिए।

विश्वकपमा सर्बाधिक क्याच समात्ने खेलाडी भने अष्ट्ेलियाका रिकीं पोन्टिंग हुन्। उनले ४६ खेलमा २८ क्याच समातेका छन्। यस्तै श्रीलंकाका सनथ जयसुर्याले ३८ खेलमा १८ क्याच समातेका छन्। सर्बाधिक क्याच लिने भारतीय खेलाडी भने अनिल कुम्बले हुन्। उनले १८ खेलमा १४ क्याच लिएका छन्।

जब देखि विराट कोहली भारतीय क्रिकेट टोलीका कप्तान बने, त्यसबेला देखि मिडिया र भारतीय टिमबीचको सम्बन्ध सुमधुर छैन्। कोहलीको कप्तानी पछि मिडियाबाट भारतीय खेलाडीहरु टाढै रहन्छन्। सोमबार पूर्व निर्धारित कार्यक्रममा पनि भारतीय टोलीले आफ्ना खेलाडी नपठाएपछि पत्रकारले पत्रकार सम्मेलन नै बहिष्कार गरे।

विश्वकपका दौरान आइसिसीको परम्परा अनुसार प्रत्येक साँझ टोलीले आफ्नो तयारी तथा दिनभरको क्रियाकलापबारे जानकारी दिन आधिकारिक खेलाडी या प्रशिक्षकहरुले मिडियासँग साक्षात्कार गर्नुपर्छ।

तर, १० दिनअघि नै विश्वकपका लागि इंग्ल्याण्ड पुगेको भारतीय टोलीले भने अहिले सम्म एकचोटीमात्रै मिडियासँग कुराकानी गरेको छ। बंगलादेशविरुद्धको वार्मअप खेलमा शतक प्रहार गरेका केएल राहुलले मिडियासँग कुरा गरेका थिए। त्यसपछि भारतीय टोलीले चार अभ्यास सेशन गरेपनि त्यसबारे जानकारी गराउँन कुनै खेलाडी वा प्रशिक्षकलाई निर्धारित पत्रकार सम्मेलनमा पठाएन्।

सोमबार अभ्यासपछि भारतीय टोलीका खेलाडीले मिडियासँग कुरा गर्ने जानकारी दिएको थियो। खबर अनुसार मिडिया कर्मीहरु पनि विश्वकप खेल्ने खेलाडी वा प्रशिक्षकहरुसँग साक्षात्कार गर्न पाइने भन्दै पत्रकार सम्मेलनमा पुगेका थिए।

तर टोलिले पत्रकार सम्मेलनमा दीपक चाहर र आवेश खानलाई पठायो। जब कि उनीहरु विश्वकप खेल्ने भारतीय १५ जनाको टोलीमा नै छैनन्। उनीहरुलाई अभ्यास शत्रका लागि मात्रै टोलीसँग लण्डन ल्याइएको हो।

मिडियाकर्मीहरुले भने यस कुरामा असुन्तुष्टि जनाउँदै विश्वकप खेल्ने १५ जना खेलाडी या प्रशिक्षकमध्ये कोही हुनुपर्ने बताए। तर, बिसीसीआइका अधिकारीहरुले खेलाडीहरुले विश्वकपको खेल नै नखेली केही नबोल्ने बताएपछि पत्रकारहरु दीपक र आवेशसँग पनि कुरा नगरि पत्रकार सम्मेलन नै वहिष्कार गरेका निस्केका थिए।

आइसिसी विश्वकप–२०१५ को अन्तिम तयारीमा रहेको भारतीय टोलीलाई कप्तान विराट कोहलीले चोट बोकेपछि त्यसले चिन्ता थपेको छ।

भारतको पहिलो खेल बुधबार(जुन ५)मा दक्षिण अफ्रिकाविरुद्ध छ। नेट सेशनका क्रममा शनिबार विराटको अँगुठामा चोट लागेको थियो। टिमका फिजियो पेट्रिक फरहतका अनुसार विराटलाई उपचार गर्दै आराम गर्न भनिएको छ।
चोटपछि विराटले अँगुठामा बरफ लगाएर सेकेको दृश्य सार्वजनिक भएको थियो। तर, फिजियोले उक्त चोट धेरै गम्भीर नभएको वताएका छन्।

विराट कोहली भारतको कप्तानमात्रै नभएर मुख्य ब्याट्सम्यान पनि भएका कारण उनको इञ्जुरीले टोलीको समिकरण बदलिन सक्छ।बंगलादेशले आइतबार राति उपाधि दाबेदार मानिएको दक्षिण अफ्रिकालाई आइसिसी विश्वकप–२०१९ को पहिलो खेलमा २१ रनले पराजित गर्दै सनसनीपूर्ण नतिजा निकाल्यो।

पाकिस्तानले आफ्नो विश्वकपको २० वर्षे इतिहासमा भारत लगायत ठूलो टोलीहरुलाई समेत मात दिँदै सनसनी मच्चाएको छ।

१९९९ मा इंग्ल्याण्डमा भएको पहिलो विश्वकप खेल्ने क्रममा उसले पाकिस्तानलाई पराजित गरेको थियो। शाहिद अफ्रिदी, इन्जामिन उल हक, वासिम अकरम, सोहब अख्तर, वाकार यूनिस सम्मेलित पाकिस्तानको टोलीलाई बंगलादेशले ६२ रनले मात दिएको थियो।

दक्षिण अफ्रिकालाई भने यसअघि पनि २००७ को विश्वकपमा बंगलादेशले पराजित गरिसकेको छ। एबी डिभिलियर्स, ज्याक कालिसको टिम दक्षिण अफ्रिकालाई त्यसबेला बंगलादेशले ६७ रनले पराजित गरेको थियो।

सोही विश्वकपमा भारतलाई हराएर बंगलादेशले सबैभन्दा ठूलो जित हात पारेको थियो। सचिन तेन्दुल्कर, सौरभ गांगुली, विरेन्द्र सेहवाग, राहुल द्रविड, महेन्द्रसिंह धोनी जस्ता स्टारहरु सम्मेलित टोलीलाई बंगलादेशले १ सय ९१ रनमा रोक्दै ५ विकेटले खेल जितेको थियो।

२०१५ को विश्वकपमा भने बंगलादेशले इंग्ल्याण्डलाई विश्वकपबाटै बाहिर्याइदियो। महमुदल्हाले शतक प्रहार गरेको खेलमा बंगलादेशसँग गर या मरको खेलमा १५ रनले पराजित हँुदै इग्ल्याण्ड समूह चरणबाटै बाहिरिएको थियो।

त्यसयता बंगलादेशले गज्जबको प्रदर्शनलाई निरन्तरता दिएको छ। २०१६ को विश्वकपमा बंगलादेशले श्रीलंका पाकिस्तान जस्ता देशलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो। २०१८ मा आयरल्याण्ड र वेष्ट इण्डिजबीचको त्रिकोणात्मक शृंखलामा समेत जित हात पारिसकेको छ।


बंगलादेशका शाकिब अल हसनले एकदिवसीय क्रिकेटमा सर्बाधिक छिटो ५ हजार रन र २ सय ५० विकेट पूरा गर्ने कीर्तिमान कायम गरेका छन्।बंगलादेशले आइतबार राति विश्वकपमा दक्षिण अफ्रिकालाई २१ रनले पराजित गरेसँगै शाकिबले उक्त कीर्तिमान राखेका हुन्।

१ सय ९८ खेल खेल्दै शाकिबले उक्त कीर्तिमान राखेका हुन्। उनले उक्त कीर्तिमान राख्दा सनथ जयसुर्या(३०४), शाहिद अफ्रिदी(२७३), ज्याक कालिस(२९६) र अब्दुल रजाक(२३४)लाई पछि पारे। उनीहरु सबैले पनि ५ हजार रन र २ सय ५० विकेट पूरा गरेका छन्।

बंगलादेशले बनाएको ३ सय ३० रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ३ सय ९ रनमा समेटिएको थियो। सोक्रममा शाकिबले ७५ रन बनाउँनुका साथै १ विकेट लिएका थिए। उनी खेलको म्यान अफ द म्याच समेत चुनिए।