उपेन्द्र घिमेरे मोरङ,क्षेत्र नं.१,प्रदेश सभा `ख´तर्फका सांसद तथा नेकपाका नेता हुनुहुन्छ ,`मोरङको कर्णाली´को उपनामले चिनिने केराबारी गाउँपालिकाको विकास निर्माण सम्बन्धि उहा सग गरिएको संक्षिप्त कुराकानी।__________________________________________
यो पहिरोको जोखिम अवस्थालाई कसरी व्यवस्थापन गर्न सकिन्छ?
म निर्वाचित भएको क्षेत्र जटिल भुगोल अन्तर्गत नै पर्दछ।यस पहिरोको विषयमा सडक डिभिजन कार्यालय,प्रदेश सडक पुर्वाधार विकास,RCPI सङ्ग छलफल समन्वय भईरहेको छ।
हाल तपाईंको निर्वाचन क्षेत्र अन्तर्गत पर्ने केराबारीमा केकस्ता विकास निर्माणका गतिविधिहरु सञ्चालन भईरहेका छन्?
~केराबारी भुगोलमा तीन वटा ठूला खोलाहरु छन्।मुलतः ती खोलाहरुमा पक्की पुल बनाउने र बाँसबारी-चिउरि भन्ज्याङ-पाटि गाउँ जाेड्ने सडक खण्ड र केराबारी-सिंहदेवी सडक स्तराेन्नति गर्ने काम भईरहेको छ।अब स्वच्छ खानेपानीको आयोजनालाई विस्तार गर्ने योजना छ।
तपाईंको भ्रष्टाचार विरुद्ध र सुशासनको अभियान के हुदैँछ?
~भ्रष्टाचार विरुद्धको अभियान निरन्तर चलिरहने अभियान हो।यो आज गर्ने भोलि सक्ने खालको हुन्न।तिनै तहको सरकारमा हुने नितिगत भ्रष्टाचारको अन्त्य गर्नुपर्छ,म अभियानमै छु।
तपाईंको आगामी योजनाहरु केराबारीको निम्ति के कस्ता छन्?
~जहाँ चुनाैती छन्,त्यहाँ अवसर पनि छ।जेफाले,तोकथुम्की,राजारानीलाई पर्यटनमा अगाडि बढाएर फलफूल र तरकारी खेतिलाई प्राथमिकता दिने योजना छ,धन्यवाद!



















