काठमाडौं— राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले सरकारले जीबी राईलाई पक्राउ गर्न नसकेर दुर्गा प्रसाईंलाई पक्राउ गरेको भन्दै टिप्पणी गरेका छन्।

सामाजिक सञ्जालमार्फत शाहीले सरकारमाथि कटाक्ष गर्दै पक्राउ गर्नुपर्ने व्यक्तिलाई पक्राउ गर्न नसकेपछि दुर्गा प्रसाईंलाई पक्राउ गरिएको दाबी गरेका हुन्।

शाहीले लेखेका छन्, “पूर्वप्रधान न्यायाधीशलाई बिना प्रमाण पक्राउ गर्न नसकेपछि, जीबी राईलाई पक्राउ गर्न नसकेपछि, अब पक्राउको प्यास मेटाउन दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ सरकारले।”

उक्त अभिव्यक्ति सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।