केराबारी,१८ आश्विन
केराबारी गाउँपालिका वडा नम्बर १० का वडाध्यक्ष जंगराज खवासद्वारा स्थानीय युवाहरूलाई खेलकुद सामग्री वितरण गरेका छन् । निर्माणाधिन केराबारी रंगशालाको पारंगणमा सो खेलकुद सामाग्री वितरण गरिएको थियो।
सो सामाग्रीहरु स्थानीय खेलाडी र खेलप्रेमी महानुभाबहरुको उपस्थिति सहितमा केराबारी खेलकुद विकास समितिकि अध्यक्ष समेत रहेकि केराबारी गाउँपालिकाकी उपाध्यक्ष शान्ति कुमारी लिम्बु (भुजेल) को आतिथ्यतामा खेल सामग्री वितरण गरिएको हो ।
सुक्रबार सो खेलकुद बितरण कार्यक्रमको सञ्चालन केराबारी खेलकुद विकास समितिका सचीव विवेक भुजेललेगरेका थिए । मानव जीवन र खेलकुदबिच अभिन्न सम्बन्ध रहेको बताउँदै युवाहरुको आकार्षण खेलकुदमारहे लागुऔषध दुर्व्यसनिमा नफस्ने भन्दै नेकपाका नेतासमेत रहेका वडाध्यक्ष जंगराज खवासले वडाकाे खेलकुद गतिविधिको लागि जस्तो सुकै सहयोग गर्ने बताए।




















