काठमाडौं । बलिउडका चर्चित अभिनेता विजय राजमाथि एक महिलाले गम्भीर आरोप लगाएकी छिन् । अहिले उनी पक्राउ परेका छन् । मिडिया रिपोर्टका अनुसार विजयलाई महाराष्ट्रको गोन्दियाको एउटा होटलबाट पक्राउ गरिएको हो ।
उनकी सह–अभिनेत्रीले उनलाई आफुमाथी सहन नसक्ने व्यवहार गरेको आरोप लगाएकी हुन् । भारतीय सञ्चारमाध्यमहरुमा आइरहेको समाचारका अनुसार विजयराज आफ्नो टोलीसँग बालाघाटमा थिए, जहाँ उनी आफ्नो अर्को फिल्म ‘लायनेस’ को शूटिङ्गका लागि आएका हुन् ।
एडिशनल एसपी अतुल कुलकर्णीका अनुसार विजयले यस फिल्मको शुटिङ्गको समयमा एउटी महिलालाई गलत कार्य गरेको आरोप लागेको छ ।




















