काठमाडौं । साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार रूपैयाँका दरले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामै १ हजारले बढेर प्रतितोला ९७ हजार २ सयमा कारोबार भइरहेको छ । यसअघि बिहिबार छापावाला सुन तोलाको रु ९६ हजार २ सयमा कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य पनि बढेर प्रतितोला ९६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी शुक्रबार चाँदीको मुल्य पनि तोलाको रु ४५ ले बढेर प्रतितोला १२ सय ५५ रुपैँयामा कारोबार भइरहेको महासंघले जनाएको छ ।




















