अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन मेलवर्नस्थित एक पबमा भेटिएका छन् । उनी सोमबार राति मेलवर्नको दक्षिणपूर्वस्थित द मालभेर्न होटेलको पबमा भेटिएका हुन् ।
मोरिसन राजनीतिज्ञ काटेई एलेनसँग पबम भएको फोटो सार्वजनिक भएको जहाँ उनले केही पेय पदार्थ तथा खानासँग एलेनसँग वार्तालाप गरेको अन्तर्राष्ट्रिय संचारमाध्याममा प्रकाशित समाचारमा उल्लेख छ । पबमा छिरेर उनले पेय पर्दाथ आफै कपमा राखिरहेको तस्विरमा देख्न सकिन्छ ।
मोरिसनसँगको भेटबारे एलानले एक इन्स्टाग्राम पोष्ट गर्दै भनेकी छिन्, ‘मेरो क्षेत्रमा प्रधानमन्त्रीसँग खाना खाँदै रमाइलो गर्दै ।’ त्यस्तै, मालभेर्न होटेलले पनि प्रधानमन्त्री आएको केही फोटोहरु सार्वजनिक गरेको छ ।
मोरिसन गत फेब्रुअरीदेखि पहिलो पटक मेलवर्न पुगेका हुन् । एक खोप केन्द्रलाई सहयोग गर्न मोरिसन त्यहाँ पुगेका थिए । हाल उनी जापान पुगेका छन् । नयाँ प्रधानमन्त्री सोसिहिदे सुगासँग भेट गर्नको लागि उनी जापान पुगेका हुन् ।




















