बिचार / राधाकृष्ण देउजा
कुनै तर्क र वहस बिनानै भन्नु पर्छ कि चितवनमा नेकपाका नेता तथा पुर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे माथि भएको आक्रमण सिद्धान्तत निन्दनीय र कानुनि रुपमा दण्डनीय छ ।
झन वहाँलाइ आक्रमण गर्नेहरुले आफुलाइ सम्माननीय प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओली समर्थक हुँ भन्दै त्यसो गरेका हुन भने उनीहरु नेकपाको निम्ती कलंक हुन र केपी ओलीका सवै भन्दा ठुलो शत्रु हुन किन भने केपी ओली हिंशा आतंक र जवर्जस्ती विरुद्धको आन्दोलन र अभियानको जिउँदो हस्ती हुनुहुन्छ ।
अनि उनीहरुले त्यही आक्रमणकै दौरान नेकपाको शानको रुपमा रहनु भएका , इमान्दारिता सदचारिता र सरलताका प्रतिमूर्ति माधव नेपाललाइ गालि गरेको पनि हुन भने उनीहरु मानसिक विरामी पनि हुन किनकि कुनै सामान्य मानसिक अवस्थाको मानिसले आफ्नो घरको सवै भन्दा महत्वपूर्ण र त्याग गरेर घर बनाउने टिकाउनेलाइ सराप्न सक्दैन ।
तसर्थ. अहिलेको लागि श्रद्धय नेता सुरेन्द्र पाण्डे माथि आक्रमण गर्ने अशिष्ठ , अभद्र र अराजकहरुलाइ विना मोलोहिजा सांगठानिक र कानुनि कारवाही गर्नु पर्छ तर यस्ता केहि थान अराजकहरुलाइ यो वा त्यो समुहको भनेर पार्टीको वृहत एकतामा खलल पुर्याउन हुदैन । संवाद , सहमति र सहकार्यको सिद्धान्तलाइ व्यवहारमा उतारेर थप एकता तर्फ अगाडी बढ्नु बढाउनु नै नेकपाको हितमा छ ।
सत्य तथ्यमा आधारित भएर खुल्ला छलफल मार्फत एउटा निष्कर्ष निकाल्ने र भएको निर्णय सवैले मान्नु पर्छ भन्ने दृढता सहितको नेता सुरेन्द्र पाण्डे यस्ता सानो तिनो घटनाले न कमजोर हुनुहुन्छ न विचलित भन्ने सबैले बुझेको राम्रो ।




















