महेश आचार्य 

माक्र्सवाद,माओबाद ,लेलिनवाद भनेको के हो ? जनताको बहुदलीय जनवाद के रहेछ हामी पनि बुझ्छौ नी । पार्टी मान्दिन बैठक जान्दिन के हो ? राणा,राजाहरुको अवसान कसरी भयो थाहै होला ? के कम्युनिस्टहरुमा अनुशासन आवश्यक्ता पर्दैन ?

के सामुहिक प्रयासवाट प्राप्त गरेको नासोलाई ब्याक्तीकरण गरिनु कुन नैतिकताले दिन्छ ? जनताले प्रतिनिधि मुलक ढंगवाट निश्चित समयको लागि विश्वास भरोषा साथ पार्टीलाई सुम्पेको नासोलाई आफ्नो विर्ता,दाईजो,अंश झै मान्ने ? अवको पुस्ताले यस्तै सिक्ने ?

उमेर,बैश आगालोमा श्रीमती छिन भन्दैमा जन्मदिएका दिशापिसा समालेका हुर्काएका माता पितालाई दुर्कार्ने जस्तो कस्तो शिक्षा प्रसारित गरेको ? नेता,नेतृत्व अभिभावकत्व नमान्ने ? के कम्रेड के पी ओली का अभिभावक झलनाथ खनाल, माधव कुमार नेपाल हैनन् ? उनको पार्टीमा कुनै योगदान छैन ? यी नेताहरुलाइ स्थरहीन गालि गलोज गर्ने ? कस्तो सन्देश दिन खोजेको ? प्रचण्डले भक्खरै समाज परिवर्तनको निमित्त गरेको त्याग मेहनत नेतृत्वको हिसाब छैन ?

कम्रेड के पी ओलीका छेउछाउमा हुदैमा अन्य नेताहरुको अपमान गरेर अभिब्याक्ती दिने ? कुन नैतिकता हो यो कम्युनिस्टहरु को ? कुन नैतिकताले ऐतिहासीक एकमुष्ट नेकपाको अनुकुल हुनेगरी सरकारले काम गरेको छ ? चाईनाको कम्युनिस्टहरु पनि पदमा र नेतृत्वमा हुनेहरु नेपालमा जस्तै मैमत्ता छन् ? नक्सलवादीहरु कसरी धुलोमा मिले कथा सुनाउनु पर्छ ? कम्रेड ओली ज्यू रस्सामा कम्युनिस्टको हाल के भयो भन्नू पर्दैन नि हैन ? अनेकन प्रश्नहरुको उत्तर हामीहरुले खोज्न सक्नु पर्छ नि हैन ?


नेकपा एमाले हुदैवाट चरम गुटबन्दी गर्ने र युवाहरुलाई दुरुपयोग गरि पार्टी भित्र र समाजमा अराजक्ता फैलाउने काम ओलीपथको मुख्य कार्य भित्र नै पर्छ की ? पशुपति शर्माको लुट्न सके लुट गितलाई किन आक्रमण ? त्यो गितको माध्यमवाट एउटा कलकारले ब्याक्त गरेको समाज देशको बर्तमान चरित्रको १/१ गरि कामवाट जवाफ दिनु पर्दैन थियो ? त्यहाँ उठाईएको विषयहरु के गलत नै थिए त ? यस्ता धेरै विषय छन् अवको समाज पारदर्शी हुनु पर्दछ । जवाफ देहिता चाहिन्छ समाजवाद पनि सायद यस्तै यस्तै होला नि हैन ? के समाजवाद नाटक हो ?


यो यतिको कुरा मैले लेखी रहदा कतिलाई त रिसको पारो चड्दो हो।कतिलाई ठिकै हो र कतिलाई केटाको कुरा ठिक छ भन्ने लाग्ला तर राम्रो भन्ने आट नआउला गालि गलोज र धम्की पुर्ण भाषा ब्यवहार होला ...तपाईंहरुलाई जे लागोस मलाई चै रातो र तातो रगतका साथ बैशले ढपक्क फुलेका युवायुवतीहरुलाई अभिभावकत्व गर्ने हो नाकि अनावश्यक आश्रय र तिनको गलत प्रयोग .....कोहि कसैले पनि युवाहरुलाई उक्साउने र गलत प्रयोग गर्ने कार्यले असल समाज निर्माणमा सघाउदैन ।

एउटा मान्छे मात्रै समाजमा असहज भैदिदा घरपरिवार देखि समाज नै असभ्य सावित हुन सक्छ त्यसकारण युवाहरूलाई गलत प्रयोग समाजिक हिसावले घातक छ । एउटा असल युवाले समाजमा पार्ने प्रभावलाई कम आकलन गर्नु सकिँदैन ।


चितवनको घटना पनि नेताको छोरो,मन्त्रीको पिए,लागाएत युवालाई नै दुरुप्रयोग गरि कम्रेड सुरेन्द्र पाण्डे माथि दुरुपयोग गरिएको रहेछ । म आफै पनि युवावाट जेष्ठ नागरिक तर्फ उक्लदै गरेको मान्छे मलाई थाहा छ हामिहरु दुरुपयोगमा पर्न सक्छौं पारिन्छौ त्यसवाट बच्नु पर्छ । अवका युवाहरुले स्थानिय नेताहरुले चोक चोकमा प्लानिङ्ग गरेको विचारका घडेरीहरुमा श्रृजनाका महलहरु उभ्याउने हो नाकि क्रसर र ठेक्का पट्टा गरेर साञ्चै नेताहरुले प्लानिङ्ग गरेकोे घडेरीमा भौतिक महल ।

युवाहरुले राजनीतिमा भए नेतृत्वलाई श्रृजनात्मक सल्लाह दिने हो । कसैको हनुमान वा अरिङ्गाल बन्ने त्यति राम्रो हैन त्यसले हाम्रो सन्तानका लागि सुहाउने समाज निर्माण गर्नेवाला छैन यो पक्का छ हामिले जे गर्दै छौ त्यो सन्ततिको लागि उपयोगी वनोस् भन्ने सधैं सोच्नु पर्छ । प्रायोजित युवा घातक हुन्छन् । म आफै पनि पार्टी भित्रका विचारका गरिवहरुवाट पटक पटक प्रायोजित आक्रमणमा परेको मान्छे हु त्यसकारण पनि यो विषय उल्लेख गर्दै छु ।

जब मैले त्यो भोगे त्यस पछि मैले किन यस्ता मान्छेहरु यसरी प्रयोग हुन्छन् भनी सामान्य अनुसन्धान गरे त्यस पछि थाहा भयो यिनिहरु प्राय प्रयोजित हुदा रहेछन् । जस्तो कसैको विरुद्धमा कोहिका लागि केही पाउन प्रयोग हुने यो कति घातक विषय हो समाजका लागि चिन्तन मनन् त गर्नु पर्छ हामिले हैन ? कुरा चितवनको सुरेन्द्र पाण्डे नेकपा को एक खम्वा ईतिहास नसडेको,नगलेको, नगह्नहाएको चिडिया हुन तिनले असल समाज निर्माणका खातिर पार्टी भित्र पस्केको विचार बाणीहरु प्रयोजीत चिडियाहरुलाई मन परेन छ ।

अनि भौतिक अक्रमण प्रयास र अनेकौं फण्डा गरेछन् अब गरून् के ? तिनले पनि जानेको सिकेको त्यहि छ । हे मदन ! तिमिले,तिम्रा विचारहरुलाई संरक्षित म डन हरु वाट कसरी बचाउछौं ? चिन्ता यहाँ छ । तपाई हामिले बुझाउनु पर्यौ कि म मदन,मदन? म डन हैन भनेर ..!


गाउँगाउँ,वस्ती वस्तीवाट सुरेन्द्र अभियान चलाउ हाम्रो सन्तान यहि भुमि,माटोमा बस्न सक्ने वातावरण श्रृजना गरौ । आलोचना गल्ती गर्ने आफ्नैहरुवाट शुरु गरौ ! ....