महेश आचार्य
नेपालको राजनीतिमा नेकपाका एक नेता के पि शर्मा ओलिको मुर्खता, आसेपासे,लाभान्वित तथा लाभ पाउने आशमा रहेका हा हो वादीहरु पहिले देखि नै नेपालमा जनताले आश गरेको कम्युनिस्ट पार्टीको स्थाईत्व भन्दा पनि आफ्नो / केवल आफ्नो स्थाईत्व मात्रै चाहाने । अबुझ प्रकृतिकाहरु र भ्रममा परेकाहरु समेतको उक्साहटमा परेर । आफैलाई प्र म वनाएको खर्बौ रकम खर्च गरेर बनाएको जनताको संविधानको ।
भावना विपरित चालेको संसद विगठन गोटीले मुलुकमा काला दिनहरुको शुरुवात भएकोछ । धेरै जनता कम्युनिस्टहरु एक हुदा मन मस्तिष्कमा आशाका दियोहरु बालेर बसेका थिए । भ्रमका बावजुत पनि कम्रेड ओलीसंग पनि आश गरेका थिए तर त्यसलाई निराशामा परिणत गराउने काम उहाँको घमण्ड,दम्भले र उहाँ का छेउ छाउका लाभि पापिले गराए । राजनीति लोभ पाप भन्दा माथि हुनु पर्ने हुन सकेन । राजनीतिमा उहाँ मात्रै हैन । नेपालमा ठुलो संख्यामा मान्छेहरु लोभ पापका लागि जानेर या नजानेरया राजनीतिमा लागेका छन् त्यो गलत छ । लोभिहरु ब्यापारमा लाग्नु पर्ने हो । राजनीति निष्ठाको हुन्छ त्यो देखिदैन । हिजोका पञ्चेहरु आजका कम्युनिस्ट भए कसरी मिल्छ ? त्यसकारण राजनीति अवका दिनमा फरक ढंगवाट अघि बढ्नु पर्छ ।
यो संसदलाई मासेको अभियोग के पि ओलीलाई कम सजाएको हुने छैन । अलि रमाउने पनि छन् तर ती सबै स्वार्थका पोकाहरु हुन । हिजो देशभर यो कदमको बिरोधमा हरेक हत्कण्डा अपनाउदा पनि नेकपा का कर्याकर्ताहरु स्वतस्फूर्त सडकमा आए र के पि को पाराले कम्युनिस्ट पाटीको अवसान नहोस् समग्र जनताको भावना माथि कुठारा घात नहोस् भन्ने भाव उत्साह पुर्वक उल्लेख्य सहभागिताका साथ जनाए मैले मेरो जिवनमा २०४६ साल पछिका सबै आन्दोलनहरुमा सधैं परिवर्तन र जनभावना विपरीतका विपक्षमा उभिने निर्णय लिए सधै सफल भए रहे ।
अहिले पनि यो पौष ५ गतेको अप्राकृतिक कालो दिनको घोर विरुद्धमा छु । हिजो काठमाडौंको आन्दोलनमा सहभागी रहदा सहभागीहरुको सहभागीताले र देश भर भएको जनसहभागीको उच्च मुल्यांकन गरेको छु । विहानीले दिनको झल्को दिन्छ भने झै यो उल्लेखनीय पार्टीका कार्यकर्ताहरुको सहभागीता जनतामा जागरण ल्याउने र भ्रम चिर्ने पक्का छ ।
हामिले वनाएको राजा रुपी शासक जनभावनाको कदर गर्दै यो ५ वर्षको लागि निर्वाचित संसदलाई पूरा कार्यकाल काम गर्नु दिने र त्यस पछि तालिकाको निर्वाचनमा प्रवेश गर्नु तयार हुने विश्वास राख्छु । सबैलाई यो अभियानमा जुट्नु अभिप्रेरित गर्दछु । स्मरण छ जनपक्षिय आन्दोलनले नेता वनाउछ ।




















