पथरी शनिश्चरे, २२ पुस । मोरङको पथरी शनिश्चरे नगर प्रमुख दिलीपकुमार राइले आफ्नो जन्मदिनको अवसरमा वडा न ७ किर्तिपुरका आर्थिक विपन्न २ परिवारलाइ मिटरबक्स प्रदान गरि विजुली बत्ती जडान गरिदिनु भएको छ ।
हिजो परेको आफ्नो जन्मदिनको अवसरमा स्थानीय सम्पत लिम्बू र केबी धिमालको घरमा मिटरबक्स उपलब्ध गराइ आज विजुली बत्ती जडान गरि नगर प्रमुख राइले आफैले बत्तीको उद्घाटन गर्नु भएको हो । वडाका जनप्रतिनिधिहरुको उपस्तिथिमा सो कार्य सम्पन्न भएको हो ।



















