पथरी शनिश्चरे, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे १ नम्बर वडाका उद्यमी महिलाहरुको छनौट कार्यक्रम आज भएको छ ।

137495842_3578497708938176_7196276649637289612_n

नगरपालिकाको उद्यम विकास शाखाको आयोजनामा सम्पन्न कार्यक्रममा सहभागितात्मक ग्रामिण लेखाजोखा कार्यक्रममार्फत १ नम्बर वडाबाट ३० जना उद्यमीहरुको छनौट गरिएको छ । उनीहरुबाट कुन कुन क्षेत्रमा उद्यम सञ्चालन गर्ने भन्ने सम्भाव्यतापछि त्यसको निक्र्याेल हुनेछ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले महिलाहरु आत्मनिर्भर बन्नका लागि महिला केन्द्रीत यसखाले कार्यक्रम फलदायी हुने जनाउँदै उद्यमीले उत्पादन गरेका सामग्रीको बजारिकणमा नगरपालिकाले सहयोग पुर्याउने समेत बताउनु भयो । १ नम्वर वडाध्यक्ष बाबुराम एङ्देनको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा उद्यम विकास शाखा संयोजक हेमचन्द्र दहाल, वरिष्ठ उद्यम विकास सहजकर्ता सपना कार्की र उद्यम विकास सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नु भएको छ । परिवारको वार्षिक आम्दामी ३८ हजार १ सय २९ सम्म हुनेलाई हैसियत स्तरीकरण विधिबाट छनौट गरिएको छ । जसमा सहभागिले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजना बनाएका छन् । भोली वडा नम्बर ३ का लागि छनौट कार्यक्रम हुनेछ ।

मन्त्रालयबाट प्राप्त २५ लाख रुपैयाँ अन्तर्गतको कार्यक्रमका लागि वडा नम्वर १, २ र ३ लाई छनौट गरिएको छ । लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ बमोजिम कार्यक्रम सञ्चालन गर्न नगरले नियुक्त गरेका उद्यम विकास सहजकर्तामार्फत वडाका वस्तीमा गई सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी ७० प्रतिशत महिला समेत ९० परिवारका लागि यो कार्यक्रम तय भएको छ । यसका लागि अघिल्लो वर्ष वडा नम्वर ४, ५ र ७ मा सञ्चालन भएको कार्यक्रममा सहभागि ४१ परिवारलाई स्तरोन्नतीको योजना समेत रहेको छ ।