प्रधानमन्त्री को अन्तर्वार्ता लिन आउदा छिमेकी को पत्रकारले के भन्यो ? उस्ले भन्यो मलाइ त नेपाल भित्र आउदा नेपाल आएजस्तै लागेन रे हुनपनी सहि हो नेपाल नेपाल जस्तो कहाँ बनाइयो र हामिले उद्योग व्यपारी हरु बढिजसो इन्डियन नै छन पसल पसलका साइनबोर्ड हरुमा इन्डियन सामाग्री र तस्वीर का साथ प्रचारप्रसार गरिएका छन नून देखि सुन सम्म ईन्डिया बाट आएको छ हाम्रो भेषभुशा लहनसहन लत्ताकपडा सबै बिदेशी सरह छन धेरै जसो पसल र सार्वजनिक यातायात हरूमा इन्डियन गीत बज्दछन हामी नेपाली विभिन्न थर समुदाय का भयतापनी हाम्रो पहिरन फेसनको नाममा बिदेशी पहिरन बढी छ खै हाम्रो लिम्बू समुदाय को पहिरन ? खै हाम्रो तामाङ समुदायको पहिरन ? खै हाम्रो गुरुङ समुदायको पहिरन ?
खै हाम्रो राई समुदायको , शेर्पा समुदायको , बाहुन , क्षेत्री , चौधरी , मगर , मैथली अन्य इ सबै हाम्रा मौलिक पहिरन र हाम्रो आ आफ्नो पहिचान हाम्रो विविधता ले भरिएको हाम्रो एकता हामी नेपाली को पहिचान खै ? बिर्सिएर हामिले बिदेशी उत्पादन लाई बडावा दिएर स्वदेशी उत्पादन लाई विलय गराइ दिंदा हाम्रो पहिचान हामी आफैले मेटाउन लागेका छौँ हामिलाइ हाम्रो मौलिक पहिरनमा भन्दा बिदेशिले फेसन भनी घुँडामा च्यातिदिएर पठाएको कपडा लगाउन मा हामी गर्व ठान्दछौ अनि कसरी बिदेशी नेपाल आउदा उस्ले नेपालमा आएजस्तो महसुस गरोस त ? बिदेशी पत्रकार नेपाल आएर प्रधानमन्त्री को अन्तर्वार्ता लिएर फर्कियो उस्ले हामिलाइ के पाठ पढाएर गयो हाम्रा के कति कमि कमजोरी औल्याएर गयो हामिलाइ घुमाइ फिराइ हाम्रो खिसिट्युरी गरेर गयो हामी त्यस्को छलफलमा लाग्दैनौँ हामी त केवल यो बहसमा छौ कि उ नेपाल कसरी आयो , कस्ले निमन्त्रणा गर्यो , किन गर्यो , हाम्रा प्रधानमन्त्री ले किन उस्लाइ अन्तर्वार्ता दिनु पर्यो बस एस्तै कुरामा हामी समय खेर फ्याल्छौँ के यो देशको संरक्षण गर्ने जिम्मेवारी केवल एक्लै प्रधानमन्त्री को मात्र हो हाम्रो कुनै दाइत्व छैन ? #वाह_रे_हामी_जनता !!
प्रधानमन्त्री ओलिले २०७८ बैशाख १७ र २७ को चुनाव घोषणा गर्नुभन्दा पहिला कति माननीय सांसद ज्युहरूले बिगतमा नेपाल ले जानी नजानी बिदेशी हरू संग गरेका सन्धि सम्झौता हरू पुनरबिचार गर्नुपर्छ भनी आवाज उठाउदै हुनुहुन्थ्यो केही माननीय सांसद ज्युहरुले स्वदेशी उत्पादनलाइ अब हामिले ब्याण्ड गर्ने होइन खाल्डो खनेर पुर्ने वा पोख्ने होइन ब्राण्ड बनाउनुपर्छ भनी कति आवाज उठाइरहनु भएको थियो खै ती सबै बाचाहरु तपाइहरुले गरेका ? प्रधानमन्त्री लाई खुरुखुरु पांच वर्ष काम गर्न दिएको भय सायद ती कामहरु अघि बढ्ने थिय होलान् तर अहिलेको अवस्थामा पनि ती तमाम कामहरु गर्न तपाइहरुलाइ कुन कानून ले रोकेको थियो र ? प्रधानमन्त्री ओलिले चुनाव घोषणा गर्दैमा मन्त्री पदबाट राजिनामा दिनुपर्ने कारण के थियो ? के तपाइहरु देशको मन्त्री हुनुभएको होइन र ?
तपाइहरुको राजिनामा ले यो पुष्टि हुन्छ कि तपाइहरु देश र जनताको लागि सत्तामा जानुभएको होइन रहेछ केही समुहको स्वार्थको लागि राजनिती गर्दै सत्ता स्वार्थमा लाग्नुभएको रहेछ भन्ने पुष्टि भयो नत्र किन किसानले समयमा मल पाएनन् ? किन उँखु किसानले व्यवसायी बाट पाउनुपर्ने आफ्नो दुखले उत्पादन गरेको उँखुको मूल्य समयमा पाउन सकेनन ? पिउने पानीको समस्या समाधान हुन्छ हुन्छ भन्दै गर्दा सालौँ साल बितिसक्दा अर्बौं राज्यको ढुकुटी सिद्दिदा पनि अझै मेलम्चिको पानी घरमा आउदैन एउटा मन्त्रीले एउटा जन निर्वाचित प्रतिनिधि ले गर्नुपर्ने काम कर्तव्य लाई चटक्कै बिचमा छाडेर जनताको आस भरोसा लाई लत्याएर एउटा समुहको स्वार्थमा लिप्त भै आफ्नो जिम्मेवारी बाट भाग्ने हरुलाइ हामिले तपाइहरुलाइ हाम्रा जनप्रतिनिधि हाम्रा नेता भनी मानिदिनु पर्ने ?
वाह रे हाम्रा जनप्रतिनिधि ज्युहरू




















