काठमाडौं, 
महानगरीय प्रहरी परिसरको प्रवक्ताको जिम्मेवारी प्रहरी उपरीक्षक(एसपी) रमेश बस्नेतले पाएका छन् । बस्नेत हालै परिसरमा सरुवा भएर आएका हुन् ।

यसअघि उनी धनुषामा प्रहरी प्रमुख थिए । बस्नेत डिएसपी हुँदा पनि परिसरमा काम गरेका थिए ।सरल मिजासका धनि एसपी बस्नेतले नेपाल प्रहरी इमान्दारको छवि बनाएका छन् ।