विराटनगर ,१३ माघ । मोरङको बुढीगङ्गा गाउँपालिकामा यात्रुबहाक बस दुर्घटना हुँदा १७ यात्रु घाइते भएका छन् ।
कोसी राजमार्गको बुढीगङ्गा गाउँपालिका ४ खण्डमा ना ४ ख ३८७६ नम्बरको बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका हुन् ।
प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका अनुसार सोमबार लेटाङबाट बिराटनगर तर्फ आउँदै गरेको यात्रुबाहक बसको पत्ती भाँचिएर अनियन्त्रित भई रोडमा पल्टिएको थियो । दुर्घटनामा घाइते भएका मोरङ बेलबारी – ४ का ३६ वर्षीय दिपक दाहाल, दुहबी २ का २५ वर्षीय फुसेद आलम, ४० वर्षीय अफ्रेज रोहित, लेटाङ ३ बस्ने ५१ वर्षीय प्रेमबहादुर मगर । १८ वर्षीय युमा मगर, बेलबारी ५ बस्ने शिब बिष्ट, सुनसरी ईटहरी १६ की केशिका न्यौपानेलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा उपचार भएकाे छ ।
लेटाङ–५ का भक्तबहादुर मगर,कुन्तिकुमारी मगर, मोहन ढकाल, निरोज ढकाल, सुनसरी दुहबीका बिजय राम, बिमला ढकाल, पदम मिश्र, चन्द्रकुमारी मिश्र, खोटाङकी सलिना खत्रीको दुहबी सामुदायिक अस्पतालमा उपचार भएको छ ।
दुर्घटना घाइते शान्ति भगतको विराट मेडिकल कलेजमा उपचार भइरहेको छ ।
दुर्घटनामा परेको बस चालक लेटाङ– ४ बस्ने ४० वर्षीय नारायण परियारलाई इलाका प्रहरी कार्यालय निमुवाले नियन्त्रणमा लिएको छ ।


