बिष्णु कार्की

बिराटचोक,१ फागुन । मोरङको सुन्दरहरैचामा जारी १ नम्बर प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उदघाटन खेलमा रास्ट्रीय जागृती क्लब इटहरी बिजयी भएको छ । सुनसरीको पंचायाँन फुटबल क्लबलाइ सुन्यको बिरुद्द २ गोलको अन्तरले पराजित गरेको हो ।

149779911_188669116344825_1589967960635505821_n

दुई टीम बीच भएको आजको अत्यन्तै रोमाञ्चक खेलमा राष्ट्रिय जागृती क्लबका तर्फबाट पहिलो हाफको ३५ औं मिनेटमा जर्सी नं ११ का खमिर गिल्सनले पहिलो गोल गर्दै टिमलाइ अग्रता दिलाएका थिए । त्यस्तै, दोस्रो हाफको ६६औं मिनेटमा खमिरले नै दोश्रो गोल गरी टिमलाइ विजयी गराएका हुन । आजको खेलमा कन्दङवानै उत्कृष्ट खेलाडी घोषित भएका छन भने उनले रु २१०० र मेडल प्राप्त गरेका छन ।

प्रतियोगितामा राष्ट्रिय जागृती क्लबका खेलाडीले ३ वटा पहेलो कार्ड खाएका थिए भने पंचायन क्लबका १ जना खेलाडीले पहेलो कार्ड पाए । जसमा राष्ट्रिय जागृती क्लबका जर्सी नं १५ का राकेश गुरुङले पहिलो हाफको १२औं मिनेटमा, जर्सी नं १४ का दिनेश तामाङले ३९ औं मिनेटमा र जर्सी नं ८ का विमल मगरले दोश्रो हाफको ८२औं मिनेटमा पहेलो कार्ड पाएका थिए । त्यस्तै, पंचायन क्लबका जर्सी नं १० तिर्थ बस्नेतले दोश्रो हाफको ८१औं मिनेटमा पहेलो कार्ड पाए ।

150198256_434410797901559_771648475181764039_n

सो फुटबल प्रतियोगिताको कार्यक्रमको प्रमुख अतिथि सुन्दरहरैचाका मेयर शिबप्रसाद ढकालले उदघाटन गरेका छन त्यसै गरी उपमेयर धना देबी तामाङ्ग , सुन्दरहरैचा ९ नम्बरका वडा अध्यक्ष राजकुमार कार्की,कार्यपालिका सदस्य भक्तकिरण राइ, १ नम्बर मुख्यमन्त्री शेरधन राइको स्वकीय सचिव तथा क्लबका पुर्व अध्यक्ष रमण थापा ,जनचेतना सामुदायिक बनका अध्यक्ष पुष्पबहादुर भुजेल लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रममा झरना युवा क्लबका अध्यक्ष प्रह्लाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सचिव नगेन्द्र भुजेलले स्वागत मन्तब्य राखेका थिए भने संचालन अर्जुन गजुरेलले गरेका थिए ।

149735609_434410904568215_4499823203415036531_n 150229118_434410794568226_7662700195975415743_n 149557252_434425134566792_7381151283052730624_n 149581624_434410921234880_8701195571859233260_n 149696669_274218220785200_2699197273483993076_n 149702830_2768364000089943_4444402024465115600_n 149761704_238979577876585_117985253866156300_n 149775207_2850836918492322_6443499898088915719_n 149882025_274882257399161_7229130694051675572_n 149777886_221147553022210_841448371087426693_n 149946554_636845610427796_1340545306674202751_n 149943667_457331235447341_6992313662731246282_n 149965051_805119033446361_9014983076519542887_n 149964996_1113303979108574_4179109106489621658_n 150015212_434393771236595_5648074753141256129_n 150082253_168630564833611_2618545864209648800_n 150028765_163077845623211_5091316805669568332_n 149948132_276532493897584_7126988006160366474_n 150028741_920199571856257_375216968651379558_n 150397809_254851619378372_3105399639716496445_n 150078738_215797263562008_4468925474043512403_n 150460226_469517107760247_1604727257861750049_o (2) 150325511_468379944531076_2488067510343164039_n 1613219504609 150258514_278780560251773_2842162829203782707_n